शेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आउँदा नेप्से परिसूचक २६५४.१५ बिन्दुमा झरेको छ भने चार अर्ब ६२ करोडको शेयर कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा ओर्लिएको छ।
यसैगरी, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६२ अंकले घटेर ४६४.७३ बिन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १.०३ अंकले घटेर १८२.२६ र सेन्सेटिभ फ्लोट सूचक ०.९१ अंकले घटेर १५७.३४ बिन्दुमा सीमित भएको छ।
आज विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता शेयर चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ रुपैयाँमा खरिद-बिक्री भएका छन्। कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचक घटेको छ। आज ६४ कम्पनीको शेयर मूल्य बढ्दा २०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कालङ्गा हाइड्रोपावर र एनआइबिएल समृद्धि फन्ड-२ का लगानीकर्ताले नाफा कमाएका छन्। उता एलएस होरिजन, मेगा म्युचुअल फन्ड र लक्ष्मी भ्यालु फन्डलगायतका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
