सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।
जनकपुरधाम– सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ, तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन”, प्रजिअ पौडेलले भने, “यसबारे अनुसन्धान भइरहेको छ।”
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ-ठाउँमा प्रदर्शन जारी राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
