AnonymousUser

Logout

भूमि आयोगले बुधबारदेखि लगत संकलन पुनः सुचारु गर्ने 

राष्ट्रिय भूमि आयोगले जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणका लागि दोस्रो पटक लगत संकलन गर्न लागेको सूचनामा उल्लेख छ।

जाजरकोट दुर्घटना : एकै वडाका आठसहित १२ जनाको मृत्यु

जाजरकोटको छेडागाड नगरपालिका–४ भल्कुवाबाट विवाहका पाहुना लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा एकै वडाका आठसहित १२ जनाको मृत्यु भएको छ।

फिफा विश्वकप : पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

कतारमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र क्रोएसिया भिड्दै छन्। यी टाेली हालसम्म पाँचपटक आमुन्नेसामुन्ने भएकामा दुवैले दुई–दुई खेल जितेका छन्। एक खेल बराबरी भएकाे छ।

दण्डहीनताका ‘नयाँ सारथी’

पहिलोपटक संसद् पुगेका दुई साना दल जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने दौडधुप शुरू गरेपछि ती दलकै मागबमोजिम सरकारले दण्डहीनतालाई प्रश्रय दिने गरी अध्यादेश ल्याउन राष्ट्रपति समक्ष पठाएको छ।

अरुणाचलको तवांगमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच झडप

आसमको तेजपुरस्थित डिफेन्स पीआरओले ९ डिसेम्बरका दिन पीएलएका सैनिक अरुणाचल प्रदेशको तवांग क्षेत्रमा घुसेपछि झडप भएको बताएका छन्।

मस्कोद्वारा कोसोभो तनावको 'कूटनीतिक' समाधानका लागि आह्वान

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढंगले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन्।

निर्वाचनमा ५.०६ प्रतिशत मत बदर : आयोग

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत बदर भएको छ।

नृत्य

झ्याउरे नाच

युवामाझ लोकप्रिय झ्याउरे नृत्य गुरुङ समुदायमा प्रचलित छ। तस्वीरमा, गोरखामा आयोजित एक कार्यक्रममा गुरुङ समुदायका सदस्य परम्परागत नृत्य प्रस्तुत गर्दै। तस्वीरः अमित मचामसि/उकालो

सरकारका प्रवक्ता भन्छन् : देशको आन्तरिक एकतालाई सहज बनाउन अध्यादेश

मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताएका छन्।

राजनीतिक रूपले मुद्दा फिर्ता लिनु ठीक, अध्यादेश ल्याउनु गलत : राधेश्याम अधिकारी

कानुनको अभावमा तत्काल ठूलो समस्या हुने भयो भने अध्यादेश ल्याउने हो। अहिले सरकार बनाउन र टिकाउन अध्यादेश ल्याएको सन्देश गइरहेको छ।

सन् २०३० को विश्वकप आयोजक दक्षिण अमेरिकी देश नै हुनुपर्छ : एलेजान्ड्रो

दक्षिण अमेरिकी फुटबल प्रमुख एलेजान्ड्रो डोमिङ्गुएजले सन् २०३० को विश्वकप आयोजनाको अधिकार आफूहरूलाई दिनुपर्ने बताएका छन्।

नेप्से १६.६५ अंकले बढ्यो, १ अर्ब ३६ करोडको कारोबार

सोमबार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ।

मेलम्ची खानेपानीको पाइप फुट्दा सास्ती

मेलम्चीको खानेपानी पठाएको पाइप फुट्दा खानी तथा भूगर्भ विभागको कार्यालयबाहिर मुख्य सडक भत्किएको छ।

यमन युद्धमा मृत्यु र घाइते हुने बालबालिकाको संख्या ११ हजार नाघ्यो : युनिसेफ

यमनमा युद्ध शुरु भएयता १ लाख ५० हजार नागरिक मृत्यु भइसकेको र २ करोड ३४ लाख मानिसले मानवीय संकट बेहोरिरहेको राष्ट्रसंघको तथ्यांक छ।

रेशम चौधरीलाई जेलमुक्त गर्ने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति एमालेको आपत्ति

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीसहितका नेता-कार्यकर्तालाई रिहा गर्ने योजनाका साथ मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो।

अध्यादेशबारे गगन थापा भन्छन्- सरकारको गलत निर्णयको भारी कांग्रेसले बोक्दैन

महामन्त्री थापाले विगतमा नेपाली कांग्रेसले 'पटक-पटक अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो' भनेर निर्णय गरिसकेको उल्लेख गर्दै सरकारले गरेको गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताएका छन्।

चीनले ताइवानमाथि आक्रमण गर्न आधार तयार पार्दैछ : ताइवानी विदेशमन्त्री

चिनियाँ कम्युनिष्ट पार्टीभित्रका केही गुटका कारण पछिल्लो समय ताइवान–चीनबीच सञ्चार कठिन बनेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्न खोजेको बताए।

नेपालगन्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने प्रसारण लाइन बनाउँदै प्राधिकरण

नेपालगन्ज र त्यस वरपर भइरहेको शहरीकरणको विद्युतीय भार धान्न विद्युत प्राधिकरणले आगामी २८ वर्षसम्मका लागि संरचना निर्माण थालेको छ।

काठमाडौँ महानगरका जनप्रतिनिधि ६-१ ले पराजित

महानगर दिवसका अवसरमा काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल भएको छ। खेल कर्मचारीको टिमले ६-१ ले जित्यो।

धनुषामा धारिलो हरियार प्रहार गरी एक जनाको हत्या

धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुर बस्ने २७ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।