AnonymousUser

Logout

नेपालका लागि मेट्रो र मोनोरेल महँगा खेलौना हुन्: आलोक जैन

‘हङकङमा सार्वजनिक यातायातमा हुने दुर्व्यवहारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ। गाडीहरूमा बटन, एपको सुविधा हुन्छ जहाँबाट गुनासो गर्न पाइन्छ। ती गुनासोको तत्काल सम्बोधन हुन्छ।’

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

पछिल्लो चार दिनयता सुनको मूल्य घटिरहेको छ। चैत २१ गते हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न पर्खाल 

बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी र कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको छ। 

भोजपुरको दुर्गम गाउँमा स्वास्थ्य सेवा, जीवनजल लिन घण्टौँ हिँड्नुपर्ने अवस्थाको अन्त्य

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको छ।

आईपीएल: गुजरातको तेस्रो जित, हैदराबादको लगातार चौथो हार

गुजरातले १५३ रनको विजयी लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना 

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

शिक्षकको हडताल: माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने

शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

राप्रपालाई सिफल वा बल्खुमा आमसभा गर्न प्रशासनको आग्रह

राप्रपाले चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा अन्यत्र सार्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

वनबाट पतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कार

गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ।

स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम १ अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको जनाएको छ।

एकदिवसीय शृंखलामा नेपाल लगातार पराजित

आज भएको  दोस्रो खेलमा नेपाली यू–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृंखला एक खेल अगावै जितेको छ।

तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न आह्वान

चैत १५ मा भएको तीनकुने घटनाको न्यायिक छानबिन गरी जवाफदेहिता सुनिश्चित गर्न मानवअधिकारवादी संस्थाहरूले सरकारसँग आह्वान गरेका छन्।

बेलायती सांसदलाई इजरायल प्रवेशमा रोक, हिरासतमा लिएर फिर्ता पठाइयो

इजरायलले दुई बेलायती सांसदहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट रोक्दै देश निकाला गरेपछि दुई देशबीच विवाद छेडिएको छ।

प्रदूषणले धूलिमण्डल बनेको फेवा (तस्वीरहरू)

सुन्दर ताल र पहाडी दृश्यले पर्यटकलाई मनमोहक अनुभव गराउँछ, तर वायु प्रदूषणले फेवातालको दृश्यलाई धूमिल बनाइदिएको छ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकको सिटी जुलुस

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने  माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलित छन्।

अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु

राष्ट्रिय मौसम सेवाले मध्यपूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म व्यापक रूपमा आकस्मिक बाढी आउनसक्ने चेतावनी दिएको छ।

अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो। 

‘ध्ये’ खोलामा पुल नहुँदा स्थानीय र पर्यटकलाई सास्ती

लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ।

चैत शुक्ल नवमी: रामनवमी पर्व मनाइँदै

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा राम मन्दिरहरूमा पूजापाठ गरिन्छ।

राष्ट्रिय खुला टी–२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी शुरूआत

पोखरा रंगशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ।