चैत १५ गतेको आन्दोलनमा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले प्रसाईंको खोजी गरिरहेको थियो।
अहिलेको वर्षाले उपत्यकासहित देशैभर बढीरहेको प्रदूषण कम गर्न तथा डढेलो रोक्न मद्दत गरेको छ। तराईंका केही भागमा भित्र्याउनका लागि तयार गहुँबालीमा क्षति पुगेको छ।
प्रहरीका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पूजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो।
वि.स.२०३४ सालमा बनेको जग्गा प्राप्ति ऐनलाई समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न बनेको विधेयकमाथि मन्त्रालयले सुझाव संकलन गरिरहेको छ।
सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्युरोले अनुरोध गरेको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा झरेको छ।
युद्धले क्षतविक्षत गाजा विश्वविद्यालय विस्थापित प्यालेस्टिनीका लागि आश्रयस्थल बनेको छ भने पुस्तकालयका किताब खाना पकाउने इन्धन बनेका छन्।
हिमपातका कारण लार्केपास हिँडेका पर्यटक बीचबाटोमै रोकिएका छन्। लार्केपास पदमार्ग पूरै हिउँले ढाकिएको छ।
कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र भारी ५ हजार ५२ मतसहित अध्यक्षमा विजयी हुँदा विपक्षी गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत पाए।
२०८१ सालमा प्रदर्शन भएका पूर्णबहादुरको सारंगी, १२ गाउँ, छक्कापञ्जा–५ र बोक्सीको घर चलचित्रले घरेलु बजारमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।
वर्षाका कारण दाउन्नेमा सडक हिलो र चिप्लो भएकाले सवारी आवतजावतमा कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ तथा आशिफ शेखले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए।
चट्याङ लागेर बुधबार राति सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको छ।
टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो।
वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै परेको चट्याङ लागेर बुधबार राति ७८ वर्षीय धौले बोहराको मृत्यु भएको छ।
पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। नेपालले कतारसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
दिउँसो कोशी र मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
नेपाल पत्रकार महासंघले दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ।