AnonymousUser

Logout

मातातीर्थ सबस्टेसनमा आगलागीपछि वैकल्पिक व्यवस्थाबाट उपत्यकामा बिजुली

भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सबस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ।

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागार कालीकोटमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका छन्।

टिकटक बनाउने क्रममा कालीगण्डकीमा १ जना बेपत्ता

कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन्। 

यू१९ विश्वकप एशिया छनोट : नेपालको लगातार दोस्रो जित

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।

स्काभेटर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

प्रहरीद्वारा अवैध शालिग्राम बरामद

प्रहरीले ८९४ केजी शालिग्राम शिला बरामद गरेको हो। मुस्ताङमा पर्यटक आवागमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ।

आईपीएल: मुम्बई र बैंग्लुरू विजयी, दिल्ली र राजस्थानले बेहोरे हार

मुम्बईले दिल्ली क्यापिटल्सलाई १२ रनले हरायो भने राजस्थान रोयल्स बैंगलुरूसँग नौ विकेटले पराजित भएको हो।

वीरगन्जको ‘कर्फ्यू’ हटाएर ४ नाकामा निषेधाज्ञा जारी

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाएर विभिन्न चार नाकामा निषेधाज्ञा जारी गरिएको बताए।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विक्रम संवत् २०८२ शुरू, नयाँ वर्ष मनाइँदै

आज विक्रम संवत् २०८२ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

वीरगन्ज घटनाबारे सर्वपक्षीय बैठकमा पाँचबुँदे सहमति

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले वीरगन्ज घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन तथा अनुसन्धान गरी कानूनी कारबाही गर्नेलगायत पाँचबुँदे सहमति गरेको छ।

युक्रेनको सुमीमा रुसी आक्रमणबाट ३२ सर्वसाधरणको मृत्यु

युक्रेनको सुमी शहरमा आइतबार रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट ३२ सर्वसाधारणको मृत्यु भएको छ।

नेपाल डीएलएस मेथडबाट यूएईमाथि ५ रनले विजयी

आईसीसी यू१९ विश्वकप एशिया छनोटमा नेपालले डीएलएस मेथडबाट यूएईलाई ५ रनले पराजित गरेको छ।

वीरगन्जमा लगाइएको कर्फ्युको अवधि थप, रात्रि बजार बन्द

स्थानीय प्रशासनले वीरगन्जमा आइतबार राति १२ बजेसम्मका लागि कर्फ्यु अवधि थप गरेको छ।

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको ‘कैफियत प्रतिवेदन’

रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै दायर निवेदनमा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश दिएको छ।

नेप्से परिसूचक ८ अंकले घट्यो, ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ। 

चारदेशीय टी२० शृंखलाको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

कुवेतसँग ३ रनले पराजित हुँदै नेपाल चारदेशीय टी२०आई शृंखलाको उपविजेतामा सीमित भएको छ।

मधेश प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन्।

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य 

टस हारेर ब्याटिङमा उत्रिएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो। कुवेतका ओपनर राभिजा सन्दरुवानले सर्वाधिक ६३ रन बनाए। 

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको बताइएको छ।