AnonymousUser

Logout

सहज बन्दैछ मुग्लिन–पोखरा सडक [तस्वीरहरू]

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ।

महिला विश्वकप एशिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आगामी मे महिनामा थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एशिया छनोट क्रिकेटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाइएको छ। 

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

हतियार सफा गर्ने क्रममा गोली लागेर सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोस्टमा कार्यरत एक सैनिकको हतियार सफा गर्ने क्रममा गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

विसु पर्व मनाउन घर फर्कँदै नेपाली

सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन्।

व्यापार सहजीकरण वार्ता: नेपालमा जारी उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति

व्यापार सहजीकरण वार्तामा नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। 

महोत्तरीको बलवान–११ मा भेटिए क्षयरोगका २५ संक्रमित

बलवान नगरपालिकाको वडा नं ११, धमौरा गाउँमा २५ जनामा क्षयरोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन्।

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

उच्चस्तरीय आयोगको प्रतिवेदन : आममानिस भूकम्प र नाकाबन्दीका बेलाभन्दा बढी निराश

प्रतिवेदनमा चुनावी खर्च धान्न, नेताको खर्चिलो जीवनशैली थेग्न सहकारी प्रयोग भएको उल्लेख छ। अर्थतन्त्रको आमूल संरचनात्मक परिवर्तनबिना दीर्घकालीन औसत वृद्धिदर हासिल चुनौतीपूर्ण देखिएको आयोगले औँल्याएको छ

बिहारमा असिनापानीका कारण २५ जनाको मृत्यु

बिहारमा पानीजन्य प्रकोपका कारण विगत दुई दिनदेखि मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ।

चैत १५ को घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेही बनाउन सांसदहरूको माग

चैत १५ गते राजावादीहरूको आन्दोलनको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूले माग गरेका छन्।

चिनियाँ राष्ट्रपति र स्पेनिस प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता

स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।

म्याग्दीमा अस्पताल भवन अलपत्र

दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७८ असारमा ९ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।

दुर्गा प्रसाईं झापामा पक्राउ, काठमाडौँ ल्याइँदै

प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ। 

आर्थिक सुधारका  लागि १५ वटा ऐन खारेज गर्न सिफारिस

प्रतिवेदनमा नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र असान्दर्भिक देखिएका ऐन खारेज गर्न सुझाएको हो। 

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत समस्याका कारण आर्थिक अवसर सिर्जना हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।

न्युयोर्कको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो। 

ऊर्जा राज्यमन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टीकरण

आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

विशेषको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्चमा

अख्तियारले साबिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गरेको ऋण प्रवाहका सम्बन्धमा १२ वटा मुद्दा दायर गरेको थियो। सबै मुद्दामा विशेषको फैसला कानूनसम्मत नभएको भन्दै पुनरावेदन गरेको हो।