आईपीएल: गुजरातको तेस्रो जित, हैदराबादको लगातार चौथो हार

गुजरातले १५३ रनको विजयी लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए।

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। 

आइतबार राति भएको खेलमा गुजरातले घरेलु टोलीमाथि ७ विकेटको दर्ता गरेको हो। जारी आईपीएलमा पहिलो खेल हारेको गुजरातको यो लगातार तेस्रो जित हो भने हैदराबादको लगातार चौथो हार हो। 

वाङ्खेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो। नितिश रेड्डीले सर्वाधिक ३१ तथा हेनरिच क्लासेनले २७ रन बनाए। कप्तान प्याट कमिन्स २२ रनमा अविजित रहे।

गुजरातका मोहम्मद सिराजले ४ विकेट तथा प्रसिद्ध कृष्णा र साइ किशोरले समान २-२ विकेट लिए।

गुजरातले १५३ रनको विजयी लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए। वासिङटन सुन्दरले ४९ तथा शेरफन रदरफोर्डले अविजित ३५ रन बनाए।

हैदराबादका लागि मोहम्मद शामीले २ तथा प्याट कमिन्सले १ विकेट लिए।