AnonymousUser

Logout

पाँच प्रदेश सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

एनपीएलको उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको ५ विकेटको जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा काठमाडौँले दुई ओभर बाँकी छँदै जनकपुरले दिएको १३१ रनको लक्ष्य पूरा गरेको हो।

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिन एक दर्जन दलले दिए दर्ताको निवेदन

आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि, हालै एकता घोषणा गरेको नेपाली कम्युनिस्ट पार्टीसहित एक दर्जन राजनीतिक दलले पहिलो दिन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेका छन्।

काठमाडौँ गोर्खाजलाई जनकपुर बोल्ट्सको १३१ रनको लक्ष्य

एनपीएल सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, मंसिर ७ गते पेसी

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ।

त्रिवि मैदानबाट ‘बेटिङ एप’को प्रचार नहटाएको भन्दै गएनन् खेलकुदमन्त्री एनपीएलको उद्घाटनमा

खेलकुदमन्त्री बब्लु गुप्ताले मैदानमा नेपालको कानूनले बर्जित गरेको ‘बेटिङ एप’को विज्ञापन नहटाएको भन्दै एनपीएलको उद्घाटन समारोहमा अनुपस्थित रहने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

कोरला नाकाबाट २ महिनामा ७ अर्ब ३६ करोडको मालवस्तु आयात

३० भदौदेखि ३० मंसिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरला नाका हुँदै जाँच पास भई गन्तव्यतर्फ पठाइएको भन्सार कार्यालयले जनाएको छ।

काम नगर्ने २५ रुग्ण सडक ठेक्का तोडियो

ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि आगजनीका कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सुचारु भएको हो।

‘मानवताविरुद्धको अपराध’मा बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

स्थानीय सञ्चारमाध्यमका अनुसार, अदालतले पूर्वप्रधानमन्त्री हसिनाको आदेश, उक्साहट वा घटनालाई नियन्त्रण गर्न नसक्नु नै देशव्यापी हिंसा चर्कनुको मुख्य कारण रहेको निष्कर्ष निकालेको छ।

कर्णालीमा कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभ्ने निर्णय

कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गाभ्ने निर्णय गरेको छ।

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न प्रहरीले आग्रह गरेको छ।

शेख हसिना विरुद्धको फैसलाअघि बांग्लादेशमा कडा सुरक्षा

अभियोजनकर्ताहरूले भारतमा रहेकी हसिना तथा पूर्व-गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन्। यही मुद्दाको फैसला सुनाइने अपेक्षा गरिएको छ।

उत्कृष्ट करदाता सम्मानित

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच गत आर्थिक वर्षमा आय विवरणअनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो।

दिनभर मौसम सफा रहने, तापक्रम घट्ने क्रम भने जारी

आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ।

एनपीएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे शुरू हुने तय भएको छ।

निर्वाचन आचारसंहिता मस्यौदा: मनोनयनपत्रसँगै उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने

आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेलगायत नयाँ व्यवस्था गरिएको छ।

दिल्ली कार विस्फोट : सहयोगी मानिएका एक व्यक्ति पक्राउ

राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले दिल्लीस्थित ऐतिहासिक लाल किल्लानजिकै भएको कार विस्फोटमा सहयोगी भूमिका निर्वाह गरेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।