डा. गुरुङका अनुसार, रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिन्छ। यसैले शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने र अन्य शल्यक्रियाको तुलनामा बिरामी छिटो निको हुने उनले बताए।
प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले चोटपटकको आधारमा ४ प्रकारमा विभाजन गरेको हो।
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक महिनासम्म चल्ने यो महोत्सवमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला लगायत कार्यक्रम रहनेछन्।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ।
नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।
सर्वोच्चले ऐन संशोधन अध्यादेश आएर निष्क्रिय भइसकेको अवस्थामा साबिककै ऐनको प्रावधान कायम रहेको मान्नुपर्ने भन्दै जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार गरेको छ।
प्रधानमन्त्री कार्कीले परम्परागत निर्वाचन प्रणालीमा सुधार नभए जेन-जी आन्दोलनको अर्थ नहुने भन्दै निर्वाचन प्रक्रियामा सन्देशयुक्त सुधारको आवश्यकतामा जोड दिइन्।
प्रहरीले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागुपदार्थ ट्रामाडोल ८ हजार ३०० क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलका ६४ सांसदले मधेश प्रदेशसभामा ‘पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गराएका छन्।
संशोधित प्रोटोकलले सीमित चार बल्क सामानको सट्टा अब सबै प्रकारका कार्गो सामान रेल र सडक दुवै मार्गबाट ढुवानी गर्न पाउने व्यवस्था गरेको छ।
पाँच अर्ब डलरको एकीकृत कार्यक्रम सन् २०३०–३१ सम्म जारी रहनेछ। यसले विगतका विभिन्न योजनालाई एकीकृत गर्दै साना तथा मध्यम उत्पादकलाई सस्तो व्यापार वित्त दिएर अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्न सहजीकरण गर्नेछ।
डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल बक्यौताबापत ३५ उद्योगबाट नेपाल विद्युत् प्राधिकरणले २३ करोड ८७ लाख रुपैयाँ असुल गरेको छ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य निकायमा भएका तोडफोड र आगजनीबाट भएको क्षतिको एकीकृत विवरण यथाशीघ्र अद्यावधिक गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएकी छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरियालाई स्तरोन्नति गरी चार लेनको सडकका रूपमा विस्तार गर्न सडक विभागले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन शुरू गरेको छ।
बिहीबार नेप्से परिसूचकमा मा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
आन्दोलनपश्चात् छाएको राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ।
नेपाल स्काउटको लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेका अनधिकृत संरचनाहरूलाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ।