AnonymousUser

Logout

‘जेनजी’ आन्दोलनमा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न खर्च कटौती गर्दै गण्डकी सरकार

पुनर्निर्माणका लागि स्रोत जुटाउन अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गर्ने नीतिगत निर्णय लिई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

निगमले बढायो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको हो।

विद्युत् विस्तारका क्रममा करेन्ट लागेर कामदारको मृत्यु

महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ।

जाम छल्न नारायणघाट–बुटवल सडक विस्तार रातिमा मात्र

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा दिउँसो सवारीसाधनको अत्यधिक चाप र जामका कारण रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ।

मानव–वन्यजन्तु द्वन्द्व रोक्न सामुदायिक वनमा पानीको प्रबन्ध

नमूना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको वासस्थानका रूपमा चिनिन्छ। यहाँ वन्यजन्तुका लागि वन क्षेत्रभित्र १७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ।

तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।

कश्मीरको प्रहरी चौकीमा विष्फोट, ९ जनाको मृत्यु

जम्मू कश्मीरका डीजीपीले यस विष्फोटमा नौ जनाको मृत्यु हुनुका साथै २७ प्रहरीसहित जम्मा ३२ जना घाइते भएको बताएका छन्।

काठमाडाैँमा 'म्यारिज ब्युरो' चलाइरहेका ४ जना चिनियाँ नागरिक पक्राउ

ती चिनियाँ नागरिकले विपन्न तथा विकट क्षेत्रका युवतीहरूलाई आफ्नो जालमा पार्ने गरेका र केहीलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ।

बिहार विधानसभामा एनडीएले जित्यो २०२ सिट, नीतीशकुमार पुन: मुख्यमन्त्रि बन्ने निश्चित

बिहारमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नेता हुन् नीतीश। एनडीएले यसपटक पनि उनैलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ।

सुक्खायाम शुरू भएसँगै आगलागीका घटनामा वृद्धि

प्राधिकरणका अनुसार गत बिहीबार मात्रै देशभर १६ स्थानमा आगलागीका घटना भएका छन्।

साढे २ लाखभन्दा बढी नयाँ मतदाता थपिए, नाम दर्ताको म्याद मंसिर ५ गतेसम्म

आयोगले उत्साहजनक सहभागिता र नागरिकको सुविधालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको अवधि मंसिर ५ गतेसम्म थप गरेको जनाएको छ।

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार हालसम्म फरार रहेकामध्ये १८७ पुरुष र ११ महिला छन्। तीमध्ये ११ भारतीय र दुई चिनियाँ नागरिक रहेका छन्।

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा अल्टिट्युड राइडर्सका सञ्चालक पक्राउ

विशु सिञ्जालीले १३ पोल्यान्डेली पर्यटकलाई अल्टिट्युड राइडर्स प्रालिमार्फत नेपालमा मोटरसाइकल राइडको प्रलोभन दिई अनलाइनबाट विश्वासमा पारेर ठगी गरेको साइबर ब्युरोले जनाएको छ।

भ्रामक सम्पादन प्रकरणमा बीबीसीले ट्रम्पसँग माग्यो माफी, १ अर्ब डलर क्षतिपूर्ति दाबी अस्वीकार

भ्रामक सम्पादन प्रकरणमा ट्रम्पका वकिलहरूले एक अर्ब डलर क्षतिपूर्तिको दाबीसहित बीबीसीलाई माफी माग्न चेतावनी दिएका थिए। यसको जवाफमा, बीबीसीले माफी मागे पनि क्षतिपूर्तिको माग अस्वीकार गरेको छ।

मतदाता नामावलीको म्याद थप्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।

उपल्लो डोल्पामा हिउँमा फसेका ५ प्रहरीको उद्धार

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

साप्ताहिक ब्रिफिङः बहुविपद् सामना गरिरहेको मुस्ताङ, भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी

यो साता उकालोमा, ‘भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड’, ‘गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा’, ‘पानी पर्नासाथ किन एकैसाथ अवरुद्ध हुन्छन् राजमार्ग?’लगायतका समाचार चर्चामा रहे।

सन्तोष परियारले छोडे रास्वपा

रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले 'फरक राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने' कारण देखाउँदै पार्टी परित्याग गरेका छन्।

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी

डा. गुरुङका अनुसार, रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिन्छ। यसैले शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने र अन्य शल्यक्रियाको तुलनामा बिरामी छिटो निको हुने उनले बताए।

जेन–जी प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले चोटपटकको आधारमा ४ प्रकारमा विभाजन गरेको हो।