असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको छ।
थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा वजिरालङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ।
हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
अंक तालिकामा पुछारमा रहेको यूएईले राहुल चोप्रा कप्तान नियुक्त भएपछि खेलेका ९ ओडीआईमध्ये दुईवटामा मात्र जित हासिल गरेको छ। राहुल एक वर्षअघि मुहम्मद वासिमलाई विस्थापित गर्दै कप्तान भएका थिए।
जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको कारण मर्मत गर्नुपर्ने भन्दै हायात रेजेन्सीले होटल बन्दको घोषणा गरेको छ। त्यहाँ कार्यरत मजदुरलाई पनि काममा नआउन भनिएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टिम 'थ्री नेसन्स कप'को पहिलो खेलमा इरानसँग ३-० को गोल अन्तरले पराजित भएको छ।
बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
बांग्लादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
यो साता उकालोमा अवलोकनकर्ता पर्खिरहेको देवकोटा संग्रहालय, कांग्रेसको त्यो विशेष महाधिवेशन, मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास लगायतका समाचार चर्चामा रहे।
केही दिनअघि राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको थियो।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ।
इरानले उद्घाटन खेलमा भारतलाई पराजित गरिसकेको छ। नेपाल भने इरानविरुद्ध पहिलो खेल खेल्दैछ।
एनपीसीहरू कसरी एकैसाथ छिटो र अत्यन्त छनोटयुक्त हुन सक्छन् भन्नेबारे दशकौँदेखि वैज्ञानिकहरू बुझ्न असफल थिए।
दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले ती व्यक्तिको साथबाट नगद चार लाखसहित पेस्तोल बरामद गरेको हो।
मायादेवी गाउँपालिका-१ स्थित गाउँमै मंगलबार भएको दुर्गलक्ष्मी पूजाको मूर्ति विसर्जनमा गएका दुई बालकसहित ३ जनाको बुधबार मृत्यु भएपछि ठूलो दुवियाटोलमा अहिले शोक छाएको छ।
नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र भारतसँगको एउटा मैत्रीपूर्ण खेल गरी भोलिदेखि एक सातामा तीनवटा अन्तर्राष्ट्रिय खेल खेल्दैछ।
यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहे पनि आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
मगर समुदायले देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाचगान गरि तिहार मनाउने गरेका छन्।
नेपाल संवतलाई विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।