AnonymousUser

Logout

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

पाकिस्तानका योजना, विकासमन्त्री अहसान इकबालका अनुसार बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरमा क्षति पुगेको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्म स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ।

झाँझ नदीमा डुबेर दुई बालकको मृत्यु

रौतहटको झाँझ नदीमा नुहाउन गएका दुई जना बालकको मृत्यु भएको छ।

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता, २१ ठाउँमा अझै तैनाथ

नेपाली सेनाको फौज स्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भएको छ, तर सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ रहेको सेनाले जनाएको छ।।

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुंगाना समूह चुनावमा नजाने

मिराज ढुंगानाले जेनजीलाई संगठित गर्न दल गठन गरे पनि, प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने आफ्नो न्यूनतम शर्त पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए।

दल र नागरिकलाई चुनावबारे आश्वस्त पार्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र चारवटै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

तीन महिनाको अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत छ।

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता: युद्ध रोकेर शान्ति स्थापना गर्न आग्रह

ह्वाइट हाउसमा भएको वार्ताका क्रममा रुस–युक्रेन युद्धका बारेमा कुराकानी भएको थियो। सो क्रममा ट्रम्पले युक्रेन र रुसलाई हालको सीमा रेखामा युद्ध रोक्न आग्रह गरेका छन्।

चितवनमा ७ वटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते

घाइतेमध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ।

दीपेन्द्रराज तिम्सिनाको पुस्तक ‘नेपालको बैङ्‍‍किङ इतिहास’ बजारमा

बैंक र बैंकिङसँग सम्बन्धित विभिन्न ५१  विषय समेटेर लेखिएको पुस्तक २७२ पेजकाे रहेको छ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।

अपराजित रहँदै नेपालले जित्यो विश्वकप छनोटको उपाधि

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।

तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन महसुल बक्यौता रहेका पाँच उद्योगले शुक्रबारदेखि बक्यौता रकम तिर्न थालेका छन्।

सचिव दुवाडीलाई उपत्यका छाड्न अनुमति, विदेश भ्रमणमा रोक यथावत्

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ उपत्यका छाड्न अनुमति दिए पनि विदेश भ्रमणमा लगाएको रोक भने यथावत् राखेको छ।

भाैतिक सुरक्षाभन्दा मानवीय सुरक्षा महत्त्वपूर्ण : सेना

गत भदाै २४ मा सिंहदरबार जल्दा किन रोक्न नसकेको भन्ने प्रश्नको जवाफमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुप जंग थापाले मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्त्वपूर्ण भएको बताए।

कूटनीतिक नियोगलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’ : तय मितिमा निर्वाचन गराउनु सरकारको एक मात्र उद्देश्य

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसाका कारण र तथ्य पत्ता लगाउन स्पष्ट अधिकारसहितको न्यायिक छानबिन आयोग गठन गरिएको जानकारी दिइन्। साथै, उच्चस्तरीय भ्रष्टाचारका आरोपमाथि विश्वसनीय र निष्पक्ष छानबिन आरम्भ गर्न लागेको पनि बताइन्।

साप्ताहिक ब्रिफिङः सामाजिक सञ्जालमा बदलिएका बालेन, नेता जोडिएका फाइल खोतल्दै सीआईबी

यो साता उकालोमा मध्यरात दरबारमार्गको त्यो भेलाः जंगीअड्डा हुँदै सिंहदरबार पुग्दा यसरी थपिँदै गए जेन–जी समूह, दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीकै अरुचि, थला पर्‍यो न्यायालय: न मुद्दाका मिसिल, न इजलास बस्ने ठाउँलगायतका समाचार चर्चामा रहे।

त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँ लाग्ने

मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखेर बजेट अभाव हुन नदिने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने जानकारी दिए।

विश्वका ९० करोड गरिब मानिस जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा

विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकाले स्थिति अझ जटिल बन्न सक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा बढी मारमा पर्न सक्छन्।

हिउँ पन्छाएर १२ दिनपछि सञ्चालनमा आयो न्यालु सडकखण्ड

सडकमा करिब चार फिटसम्म जमेको हिउँ तीन दिनको प्रयासपछि पन्छ्याइएको र त्यसपछि यातायात सहज बनेको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले जानकारी दिए।