AnonymousUser

Logout

नेप्से परिसूचकमा ३.३५ अंकको वृद्धि, ११ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको छ भने ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउँदै ललितपुर महानगर

ललितपुर महानगरले वडा नम्बर–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालेको छ।

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार मोहना अन्सारीलाई

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृतिकेन्द्रको बैठकले यो वर्षको पुरस्कार मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिने निर्णय गरेको हो। पुरस्कारको राशी ५० हजार रुपैयाँ छ।

‘विकासका नाममा थोरै मान्छेलाई धनी बनाउने प्रक्रियाले पर्यावरण नासिन्छ’

‘वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ।’

डोजरले खसालेको ढुंगाले लाग्दा बालकको मृत्यु

मुगुमा डोजरले खसालेको ढुंगा लागेर ६ वर्षीय बालक लोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको हो। आमा कल्पना नेपाली गम्भीर घाइते भएकी स्थानीयले बताएका छन्।

सुनचाँदीको मूल्य बढ्यो

सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ८०० पुगेको छ।

सवारीचालक अनुमतिपत्र: नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ

यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन्।

जर्मनीको आम चुनावमा कन्जर्भेटिभ सीडीयू बन्यो ठूलो दल, को बन्ला चान्सलर?

आर्थिक र कूटनीतिक संकटको बीच कन्जर्भेटिभ पार्टीका नेता फ्रेड्रिक मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्।

च्याम्पियन्स ट्रफीमा भारतसँग पाकिस्तान ६ विकेटले पराजित

विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ५१औं शतक प्रहार गरे। १११ बलमा १०० रन बनाउँदै उनी अविजित रहे।

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

सरोकारवालाहरूले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

अन्तर्राष्ट्रिय महिला फुटबल: नेपाल र म्यानमारको बराबरी

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका छन्।

रिंकुकुमारी मृत्यु प्रकरण: ८ जना प्रहरीको नियन्त्रणमा

सिरहाकी किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। 

मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामरा जडान

क्यामरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताको भनाइ छ।

पाथीभरामा केबलकार निर्माण विवादबारे के भने सांसदले?

सांसदले पाथीभरा क्षेत्रमा जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि तत्काल निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको छ भने ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१ हजारभन्दा धेरै चिहानमा ‘क्यूआर कोड’ देखिएपछि प्रहरी अनुसन्धान गर्दै

यी स्टिकर पहिलो पटक गत वर्षको अन्त्यतिर म्युनिखका चिहानहरूमा देखिएका थिए। त्यसपछि, पछिल्ला हप्ताहरूमा एकाएक धेरै देखिन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो।

यूएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

अर्थ समितिको बैठकमा सांसदहरूले यूएसएडमार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।

जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो। एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो।