AnonymousUser

Logout

यूएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

अर्थ समितिको बैठकमा सांसदहरूले यूएसएडमार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।

जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो। एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो।

‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्।

मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी गाउँपालिका

गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो। पालिकाभित्रका किसानलाई मकैको बीउ निःशुल्क उपलब्ध गराउने योजना छ।

पाथीभरा केबलकार विवाद: फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हमासले रिहा गर्‍यो थप ६ इजरायली बन्धक

हमासले ६०० भन्दा बढी प्यालेस्टिनी कैदी–बन्दीको रिहाइको बदलामा शनिबार थप ६ इजरायली बन्धकलाई मुक्त गरेको छ।

प्रधानसेनापति खुल्ला म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

प्रधानसेनापति खुला म्याराथनअन्तर्गत ४२ किमी दूरीको दौडमा नेपाली सेनाको रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन्।

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटनामा ४ नेपाली तीर्थयात्रीको मृत्यु

प्रयागराजमा जारी महाकुम्भ मेलाबाट घर फर्किँदै गर्दा सवारी दुर्घटनामा चार जना नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

केआईआईटी घटनाबारे उडिसाका मुख्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता

परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्रीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छन्।

ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि एपीले दायर गर्‍यो ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा

राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै एपीले ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। ट्रम्पले मनोनीत गरेका जिल्ला न्यायाधीशलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ।

उडिसाबाट काँकडभिट्टा हुँदै फर्किए २०  विद्यार्थी

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्।

बजेट अभावले चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन

बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाँदा समस्या भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए।

केन्याली धावक चेउलियोट र जेरोटिसले जिते धरान रनको उपाधि 

‘शिक्षाको निम्ति च्यारिटी दौड’ नाराका साथ शनिबार भएको रनमा १० किलोमिटर दूरी चेउलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरे।

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब घाटा

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ।

चापाकोटमा ४०० रोपनी जमिनमा सामूहिक आलुखेती

चापाकोट नगरपालिका–८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका छन्।

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहोर व्यवस्थापन अभियान

मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहोरका कारण प्रदूषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन अभियान चलाइएको हो

कञ्चनपुरको रत्न मावि भवन जीर्ण, पठनपाठनमा समस्या

पुराना र जीर्ण जस्तापाताको छानो भएका भवनमा पठनपाठन गर्न समस्या हुने गरेको छ। जस्तापातामा खिया लागेर प्वालै प्वाल परेका छन्। वर्षातका बेला भवन चुहिएर बस्न नमिल्ने हुन्छ।

रामग्राममा सात करोड लागतमा बनेको हाटबजार भवन प्रयोगविहीन

हाटबजार भवनको भौतिक पूर्वाधार निर्माण सकिएको चार वर्षभन्दा बढी भएको छ। तर नगरपालिकाले भाडामा लगाउन सकेको छैन।

कोशी र गण्डकीका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।