AnonymousUser

Logout

साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाउन लागिएको गाउँपालिकाले जनाएको छ। 

बाइडेनले मनोनीत गरेका न्यायाधिवक्ता बर्खास्त गर्न ट्रम्पको आदेश

देशको ९४ संघीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ।

तोलामा १ लाख ७० हजार ५०० पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ।

भद्रपुर–झापा गोल्डकपः ४ देशका १० टोली प्रतिस्पर्धामा

गोल्डकपमा नेपाल, भारत, भुटान र बांग्लादेशका १० टोली भिड्दैछन्। बुधबार हुने उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।

चैत २३ मा रकयात्रा गर्दै १९७४ एडी

स्थापनाको ३०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आगामी चैत २३ गते काठमाडौँमा वार्षिकोत्सव रकयात्रा गर्न लागिएको ब्यान्डले जनाएको छ।

प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

२००७ सालको क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ।

इटहरी गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै धरान सेमिफाइनलमा

धरानका लागि दोर्जे तामाङ र विवेक राईले समान एक–एक गोल गरे। चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

किटमा नेपाली छात्रा मृत्यु प्रकरण छानबिन गर्न उडिसा सरकारले बनायो उच्चस्तरीय समिति

कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण र त्यसपछि सिर्जित घटनाबारे सत्यतथ्य पत्ता लगाउन उडिसा राज्य सरकारले गृहविभागका अतिरिक्त मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ।

नेपालमा एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको छ।

प्रकृति मृत्यु प्रकरण: छोरीसँग कुराकानी भएको ४५ मिनेटपछि शोकको खबर

प्रकृतिको न्यायका लागि उभिएका विद्यार्थीमाथि भएको दुर्व्यवहार, रातारात उनीहरूलाई घर फर्किन बाध्य पारिएको देख्दा आफूहरूलाई झन् पीडा भएको प्रकृतिका हजुरबुबा देवनाथ बताउँछन्।

संगठनको पोसाकसहितको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने १२० सशस्त्र प्रहरी कारबाहीमा

सशस्त्र प्रहरीले संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।

प्रतिनिधिसभा बैठकको विशेष समयमै खाली कुर्सी (तस्वीरहरू)

सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढ्दो छ।

नेप्से परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा कायम भएको छ।

नेपाली विद्यार्थी अवस्था बुझ्न कलिंगा विश्वविद्यालयमा पुग्यो नेपाल प्रहरीको टोली

नेपाली विद्यार्थीको अवस्था बुझ्न र उनीहरूको सुरक्षाको वातावरण मिलाउन कलिंगा विश्वविद्यालयमा नेपाल प्रहरीको टोली पुग‍ेको परराष्ट्रमन्त्रीको भनाइ छ।

रिंकुकुमारीको मृत्युबारे अनुसन्धान गर्न प्रदेश कार्यालयले गठन गर्‍यो समिति

 सिरहाको नवराजपुरकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। 

भारतमा अध्ययनरत विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहलको माग

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

नारायणगढ–मुग्लिन सडकमा सञ्चालनमा आए १९ नयाँ पुल

नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्।

स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा जारी भएको स्कुल बस निर्देशिका २०७४ लाई पूर्ण पालना गराउन आग्रह गरेको छ।

राष्ट्रियसभा: प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग

सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए।