AnonymousUser

Logout

लुम्बिनी प्रदेशमा हालसम्म करिब २५ प्रतिशत मात्रै बजेट खर्च

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च २२.८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको जनाएको छ।

नेप्से परिसूचकमा सामान्य अंको वृद्धि, कारोबार रकम भने भने घट्यो

बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा काम भएको छ।

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने ३ प्रकार औषधि हस्तान्तरण

प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने मन्त्रालयले जनाएको छ।

लप्सीफेदी सबस्टेसन पुसभित्र सम्पन्न गर्ने लक्ष्य

करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब बन्नेछ।

काठमाडौँको दक्षिणकालीस्थित वनमा डढेलो

दक्षिणकाली नगरपालिकाको–४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको छ। यसले ३० हेक्टरभन्दा बढी वनक्षेत्र जलिसकेको छ।

तोलामा ५०० रुपैयाँले बढ्यो सुन

बुधबार प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले बिहीबार शोक बिदा दिएको छ। उनकाे बिहीबार नै दाहसंस्कार गरिने बताइएकाे छ

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका चालक ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

रियल मड्रिड र पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा

रियल मड्रिड दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै अन्तिम १६ मा पुगेको हो। रियलको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे।

तनहुँमा स्वाइन फिभरले १८ बंगुर मरेपछि ओसारपसारमा रोक

तनुहँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता, केजरीवालले दिए बधाई

फेब्रुअरी ८ मा चुनावको नतिजा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।

महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको हो।

मृतक नेपाली छात्राको घटनाबारे अनुसन्धान जारी छ, स्थिति सहज बन्दै छ: राजदूत शर्मा

‘विश्वविद्यालय छाडेर गएका विद्यार्थीका लागि पनि ‘अल्टरनेटिभ’ कक्षा तथा परीक्षाको व्यवस्था हुने र घर गैसकेको अवस्थामा पनि आवतजावतको खर्च बेहोरिने भएको छ।’

केआईआईटीमा अध्ययनरत १ सय २६ विद्यार्थी फर्किए

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै असुरक्षाको कारण देखाउँदै उनीहरू स्वदेश फर्किएका हुन्।

वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भन्दै ७१ लाख ठगी

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो।

बेलायतमा एक हजारभन्दा बढी महिला सैनिकले लगाए संगठनभित्रै यौन दुर्व्यवहारको आरोप 

तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेकको घटनाको अनुसन्धानका बीच सयौँ महिला सैनिकले आफूहरू पनि यौन उत्पीडनमा परेका बताइरहेका छन्।

साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाउन लागिएको गाउँपालिकाले जनाएको छ। 

बाइडेनले मनोनीत गरेका न्यायाधिवक्ता बर्खास्त गर्न ट्रम्पको आदेश

देशको ९४ संघीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ।