AnonymousUser

Logout

रोगले सुकेर उजाडिए सुन्तला बगैँचा

बहपुर गाउँमा सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट लगाएका थिए। तीमध्ये अधिकांश बोट मरिसकेका छन्।

विश्वकै अग्लो राँगो किंग कंग, ३ वर्षमै ६ फिट उचाइ

शरीरमा विशाल भए पनि किंग कंग स्वभावले निकै प्यारो छ। उसलाई आहाल बस्न, पाकेको केरा खान र फार्ममा काम गर्नेहरूसँग खेल्न मन पर्छ।

६ बिघा जग्गा मझगाउँ विमानस्थल निर्माणका लागि दिन सेना सहमत

नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने र सो ठाउँमा रहेको सेनाको फुटबल मैदान र सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने सहमति भएको छ।

७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म आठ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबर मात्रै उठाएको छ।

दक्षिण कोरियाको होटलमा आगलागी, ६ जनाको मृत्यु 

बुसान शहरको अग्नि नियन्त्रक सेवाले आगो निभाउन ९० जना अग्नि नियन्त्रक खटाएको थियो। भवनभित्र फसेका कामदारलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरिएको थियो। 

राष्ट्रिय मानव अधिकार आयोगले माग्यो बालमन्दिर जग्गासम्बन्धी अनुसन्धानको प्रतिलिपि

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बालमन्दिर जग्गा प्रकरणको छानबिन प्रारम्भ गरिएको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको जानकारी दिए।

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुनको मुल्य बिहीबार १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नतिका लागि बन्द

उक्त सडकको विकल्पका रूपमा कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

अब यूएईबाट पनि श्रम स्वीकृति

अनलाइन श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।

भकुन्डेका परिचित ‘घान्द्रुके बाजे’: राज्यले नचिन्दा नागरिकताबाट वञ्चित

बागलुङ नगरपालिका–१० भकुन्डेमा बस्दै आएका उनको नाम, ठेगाना र आफन्त खुल्न सकेको छैन। स्थानीयले ‘घान्द्रुके बाजे’ भनेर बोलाउने गरेका छन्। सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ।

सडक स्तरोन्नति नहुँदा कृषि उपज ढुवानी गर्न समस्या

म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको किसानले बताएका छन्।

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने

कोशी र मधेशका तराई भूभागमा हुस्सु र कुहिरो तथा बाँकी भूभागका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

युक्रेन शान्ति वार्तामा पुटिन र जेलेन्स्की के चाहन्छन्?

पुटिनले युक्रेनमा युद्ध अन्त्यका लागि द्वन्द्वको ‘मूल कारण’ सम्बोधन हुनुपर्ने बताएका छन् भने न्यायपूर्ण शान्तिको सुनिश्चितताले मात्रै युद्धको स्थायी अन्त्य हुने जेलेन्स्कीको भनाइ छ।

नेपालमा फेसबुकमार्फत हुने दुर्व्यवहारका घटना बढी

नेपालमा भएका अनलाइन दुर्व्यवहारका घटनामध्ये ८१ प्रतिशतभन्दा बढी फेसबुकमार्फत हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

फोहोर व्यवस्थापनबारे छलफल गर्न मुख्यसचिवलाई बोलाउने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिव, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सचिवलगायतलाई बोलाएको छ।

प्रदूषण परीक्षण : अधिकांश सवारीसाधन मापदण्ड विपरीत

काठमाडौँका विभिन्न क्षेत्रमा ९४५ वटा सवारीसाधनमा प्रदूषण परीक्षण गर्दा ५१५ वटा अर्थात् ५४ प्रतिशत मापदण्ड विपरीत भेटिएको काठमाडौँ महानगरले जनाएको छ।

रौतहटको जंगलमा भेटिएको घाइते ‘एमगज’ हात्तीको उपचार

रौतहटको जंगलमा भेटिएको घाइते ‘एमगज’ नामक हात्तीको बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवनका पशुचिकित्सकको टोलीले उपचार गरेको छ।

नेप्से परिसूचक ७ अंकले घट्यो, ७ अर्ब ९२ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ को बिन्दुमा कायम भएको छ।

पोखरा महानगरका ११० कर्मचारीको स्थायी नियुक्ति बदर

उच्च अदालत पोखराले पोखरा महानगरपालिकाका ११० कर्मचारीको स्थायी नियुक्ति बदर गरिदिएको छ।

शंखरापुर दुर्घटना: २७ जना घाइते डिस्चार्ज, चालक पक्राउ

दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्धका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो।