AnonymousUser

Logout

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत जारी

नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌का तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो। 

नख्खुडोल पुल मर्मत नहुँदा जोखिमपूर्ण यात्रा [तस्वीरहरू]

ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खुखोला पुल असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त भएको थियो। 

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ। 

२४ वर्षपछि स्तरोन्नति हुँदै बागलुङ–सिगाना सडक

बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन्। सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्।

विश्व रेडियो दिवस मनाइँदै

सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरेका थिए। राष्ट्रसंघीय महासभाले त्यसलाई सन् २०१२ मा अनुमोदन गरेपछि मनाउन थालिएको हो।  

यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ। 

एआई शिखर सम्मेलन: ५८ देशको ऐतिहासिक सहमति

शिखर सम्मेलनले असमानतालाई कम गर्न र विकासोन्मुख देशलाई कृत्रिम बुद्धिमत्ता क्षमता निर्माणमा सहयोग गर्ने आवश्यकतामा जोड दिएको छ।

आगलागीमा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।

नेपाल पुलिस क्लब आहा-रारा पोखरा गोल्डकपको फाइनलमा

चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब उपाधि नजिक पुगेको हो।

काठमाडाैँको शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दुर्घटनामा घाइते भएका ४३ जनामध्ये अधिकांश १० देखि १६ वर्ष उमेरका विद्यार्थी रहेका छन्। 

मन्त्रिपरिषद् निर्णय : एडीबीको २० लाख अमेरिकी डलर अनुदान स्वीकार

सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने, नेपाल र युक्रेनबीच भिसा छुट दिनेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्नेलगायत निर्णय भएका छन्।

ग्यास उद्योगीको आन्दोलन स्थगन

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ।

विद्युत् प्राधिकरणले तार भूमिगत गर्न 'ड्रिलिङ' गर्दा खानेपानीको पाइप फुटेको केयूकेएलको भनाइ

'पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्ने काम (वास आउट) भइरहेको छ। हालसम्म पानी बग्न भने रोकिएको छैन।'

कैदी सम्झाैताको एक हिस्साका रूपमा रुसले अमेरिकी शिक्षकलाई गर्‍यो रिहा

अमेरिकी शिक्षक मार्क फोगलको रिहाइ रुससँगको कैदी आदानप्रदान सम्झाैताको एक हिस्सा हो।

शेयर बजारमा सामान्य अंकको सुधार

बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २ हजार ६८५.७३ को विन्दुमा कायम भएको हो।

बबरमहल क्षेत्रमा ढल फुटेर सडक अवरुद्ध

बानेश्वरबाट माइतीघरतर्फ आउने लेनमा गाडी गुड्न सकेका छैनन्।

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ शुरू

चार वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले बुधबारदेखि सुनुवाइ शुरू गरेको छ। सर्वोच्चले यसको प्रत्यक्ष प्रशारणको समेत व्यवस्था गरेको छ।

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

सन् २०३० सम्ममा नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ।

पनामामा रोकिए भेनेजुएला फर्किन खोज्ने आप्रवासी 

ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नै दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ।