माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
अदालतले गिरीबन्धु जग्गा साटफेर या बिक्री प्रयोजनमा रोक लगाए पनि एक या अर्को स्वरूपमा भूमिसम्बन्धी संशोधनका दफा ल्याएर ओली सरकारले नियतवश काम गरिरहेको अधिवक्ता ओमप्रकाश अर्यालको भनाइ छ।
बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ भारतीय नागरिकलाई पक्राउ गरेको छ।
राष्ट्रियसभाले ‘मिडिया काउन्सिल विधेयक–२०८०’लाई सोमबार सर्वसम्मतिले पारित गरेको छ।
प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाएका छन्।
सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ।
सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बस्तीवरपर वन्यजन्तुको उत्पातले किसान दिक्क छन्। यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको उनीहरूको दुखेसो छ।
अधिकारीहरूले यी शवहरू उत्तर अफ्रिकी देश हुँदै युरोप पुग्न खोजिरहेका आप्रवासीको भएको बताएका छन्।
कर्णालीबाट राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज पनि निकासी हुने गरेको छ।
आइतबार सेभियामाथि ४–१ को सहज जित निकाल्दै बार्सिलोनाले अंक तालिकामा शीर्ष स्थानको दुरी छोट्याएको हो।
पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो।
सोमबार दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिनिधिसभाबाट दुइटा विधेयक पारित भएका छन् भने सरकारले एउटा विधेयक फिर्ता लिएको छ।
विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल नागरिकता (दोस्रो संशोधन), नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल विधेयक प्रस्तुत गरेका छन्।
फर्पिङमा आइतबार दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदीय मर्यादा विपरीत टिप्पणी गरेको भन्दै स्वास्थ्यमन्त्री एन्ड्रयु ग्वेनेलाई बर्खास्त गरेका छन्।
सांसदले पाथीभरा विवादबारे स्थानीयको चाहना बुझेर सहमतिमा समस्या समाधान गर्न आग्रह गरेका छन्। धार्मिकस्थलको परम्परा, प्राकृतिक र सांस्कृतिक महत्त्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुने उनीहरूको धारणा छ