AnonymousUser

Logout

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

शर्माका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे।

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ।

अफगानिस्तानको कोइलाखानीमा फसे ३२ मजदुर

अफगानिस्तानको समङ्गन प्रान्तमा रहेको कोइलाखानी भत्किँदा ३२ मजदुर फसेको र उनीहरूको उद्धार जारी रहेको सरकारी अधिकारीले बताएका छन्।

गोली हानी साथीको हत्या गरेको आरोपमा ३ जना पक्राउ

साथीभाइबीचको विवादपछि आवेग आई घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

भारतीय नम्बरको गाडीको ठक्करबाट सप्तरीमा १ जनाको मृत्यु

सप्तरीको बोदेबरसाइन नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम पुग्यो प्लेअफमा

एनपीलमा आइतबारको दोस्रो खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको छ।

वसन्तपुरमा योमरी पुन्हिको रौनक (तस्वीर)

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पुन्हि मनाउँछन्।

नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन्।

विराटनगरलाई १ विकेटको हराउँदै काठमाडाैँले कायम राख्यो प्लेअफ सम्भावना

विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडाैँले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

एबीसी न्युजका कार्यक्रम प्रस्तोताले ट्रम्पलाई लगाएका थिए आरोप, चुकाउनुपर्‍यो १.५ करोड डलर

यसबाहेक एबीसीले ट्रम्पको कानूनी शुल्कका लागि थप १० लाख डलर पनि दिनेछ। ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि धेरै मुद्दामा अदालतबाट राहत पाएका छन्।

एनपीएलमा आज काठमाडाैँ र विराटनगर तथा पोखरा र सुदूरपश्चिम खेल्दै

जनकपुरले प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब सुदूरपश्चिम, काठमाडौँ, कर्णाली र चितवनमध्ये ३ टोली प्लेअफमा पुग्नेछन्। 

आज योमरी पुन्हि, धान्य पूर्णिमा र उँधाैली पर्व मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमा पर्वविशेष दिन हो। आज देशका विभिन्न भागमा संस्कृतिअनुसारका पर्वहरू मनाइँदैछन्।

देशभरको मौसम सफा रहने

काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ।

धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते

दुर्घटनामा परी घाइते भएका आठ जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

मधेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार मधेश प्रदेशमा धनुषाबाट सबैभन्दा बढी उजुरी परेको छ।

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

समूहलाई झापा, मोरङ र सुनसरीका समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ। समूहकी सचिव यशोदा पोख्रेल समूहले गरेको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको  बताउँछिन्। 

मधेशका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिँदै

मधेश प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सुव्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन्।

चितवनको बढ्यो प्लेअफ सम्भावना, जनकपुर ३२ रनले पराजित

एनपीएलको शनिबारको दोस्रो खेलमा जनकपुरलाई पराजित गरेसँगै चितवनको प्लेअफमा पुग्ने सम्भावना बढेको छ।

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

एघार वटा रोगविरुद्धका खोपहरू शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ।

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि हजारौँ दक्षिण कोरियाली जनता सडकमा उत्रिएर खुशियाली मनाएका छन्।