AnonymousUser

Logout

रोशीमा बाढीपहिरो प्रभावितका लागि अस्थायी आवास निर्माण शुरू

पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।

म्याग्दीमा सुन्तला खरिद गर्न बगैँचामै व्यापारी, हट्यो बजार खोज्नुपर्ने झन्झट

मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्‍याएर सुन्तला बिक्री गर्दै आएका थिए। अहिले बोटबाटै प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको छ।

राजविराजमा रात्रिकालीन उडान शुरू

रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले उक्त विमानस्थलमा व्यावसायिक रूपमा रात्रिकालीन उडान शुरू गरेको हो।

टीआरसी र सीआईईडीपीका पदाधिकारीको नियुक्ति प्रक्रिया फेरि अगाडि बढाउन समितिको आग्रह

टीआरसी र सीआईईडीपीका पदाधिकारी नियुक्तिको लागि गठित सिफारिस समितिले आफ्नो कार्यकाल समाप्त भएको जनाउँदै पुनः नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।

दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र यूएनडीपीबीच सहकार्यको सम्झौता

नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ।

गुणस्तरीय शिक्षाका लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सम्मेलनमा देश तथा विदेशबाट समेत गरी ५०० भन्दा धेरै शिक्षाकर्मीहरूको सहभागिता रहनेछ।

खेलाडी, प्रशिक्षकलगायत ३५ जनालाई सम्मान गरिने, यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गुरुङले गत बिहीबार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

रुसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु

युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

आज परिसूचक ५१.३७ अंकले घटेर २,६३०.९१ को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको गिरावट हो।

महिला यू–१९ एशिया कपः पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्यो नेपाल

लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो।

गणपूरक संख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो।

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

'देशमा मिर्गौला प्रत्यारोपण गरेका ९८ प्रतिशत तथा फोक्सो प्रत्यारोपणपछि ९० प्रतिशत नागरिक सामान्य जीवन बाँचिरहेका छन्।'

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत

मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ। करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

एनपीएल: कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो

कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिम रोयल्सले १२.२ ओभरभित्र पूरा नगरेपछि कर्णाली प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो। 

दाङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा १०१ रन मात्र बताउन सक्यो।

काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन

८६ वर्षीय सिंहको सोमबार बिहान उपचारका क्रममा निधन भएको हो। सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले सोमबार शोक बिदा दिएको छ।

झापामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार झापाको गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन्। 

प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडको जित

जितपछि चेल्सी तेस्रो स्थानको आर्सनलभन्दा ४ अंकले अघि रहेको छ। शीर्ष स्थानको लिभरपुलसँग भने २ अंकले पछि छ।

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

शर्माका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे।