AnonymousUser

Logout

बाजुराको गोत्री केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४:१४ बजे भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। 

कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

तराई, खोँच तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको छ। बाँकी भूभागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नेपालमा कति बढ्यो वनक्षेत्र?

प्रतिवेदनमा नेपालमा करिब १९ प्रतिशत भू–भागमा चट्टान, हिउँ, हिमनदी, वनबुट्यान, नदी बगर, निर्मित क्षेत्र, जल क्षेत्र र खाली जग्गा रहेका उल्लेख छ। 

सप्तरीमा अनुगमनका क्रममा भेटिएको ४१५ बोरा रासायनिक मल जफत

जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्येकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।

काठमाडौँ महानगरले गर्‍यो प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस

आधिकारिक प्रणालीबाट प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन व्यापारिक भवनको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस गरेको छ।

रसुवागढी नाकामा बढ्यो चाप, २०० कन्टेनर भन्सार प्रक्रियामा

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ। यस नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ।

पुनः देखियो मंकीपक्स संक्रमण, विमानस्थलमा सतर्कता अपनाउन निर्देशन

विदेशबाट आएका एक व्यक्तिमा मंकीपक्स संक्रमण देखिएपछि सरकारले सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन निर्देशन दिएको छ।

यू१९ एकदिवसीय क्रिकेट: हङकङविरुद्धको शृंखलामा नेपालको ‘क्लिनस्विप’

काठमाडौँ– हङकङविरुद्धको यू१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ।  मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले शृंखलामा क्लिनस्विप गरेको हो।  नेपालले दि…

दाङमा सवारी दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

दाङमा शुक्रबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: सडक सुरक्षा शिक्षाका आयाम, भिड्दै जनकपुर–सुदूरपश्चिम

यो साता उकालोमा गाडीचालकका अनेक लापरबाही, मिटरब्याजको समस्या ज्युँका त्युँ, कर्णाली प्रदेश राजधानीस्थित सिटी बसपार्कको बेथिति, एलोन मस्कको स्टारलिंक किन आउन चाहन्छ नेपाल? सहितका खबर चर्चामा रहे।

१० वर्षअघि हराएको एमएच ३७० विमानको खोजी पुनः थाल्न मलेसिया सहमत

मलेसियाको मन्त्रिपरिषद् १० वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी शुरू गर्ने प्रस्तावमा सहमत भएको छ।

सेनाले निष्क्रिय पार्‍यो युनिभर्सल मेडिकल कलेजमा भेटिएको प्रेसर कुकर बम

नेपाली सेनाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई निष्क्रिय पारेको छ।

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको पत्र

मन्त्रालयले मातहतका कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ।

हेटौँडा सिमेन्ट उद्योगले आगामी सातादेखि उत्पादन थाल्ने

उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन शुरू गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।

४३ वर्षमा १२ पटक विवाह र सम्बन्ध विच्छेद गर्ने जोडीमाथि ठगीको अनुसन्धान

अस्ट्रियाली एक दम्पतीले विगत ४३ वर्षदेखि ठगीको लागि विवाह र सम्बन्ध विच्छेदको नाटक रच्दै आएको खुलेको छ।

भारतमा ट्रकले ठक्कर दिँदा ७ जनाको मृत्यु, ३५ घाइते 

दुर्घटनापछि भएको आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन्।

वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको हो। 

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

कर्णाली नदीले टीकापुर नगरपालिका–९ फाँटामा कटान गरिरहेको छ। एक हप्तामा दुई मिटर कटान भएको छ। कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका छन्।

प्रयोगमा आएन पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन

नयाँ भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता छ। प्राविधिक काम बाँकी रहेकाले प्रयोगमा ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ।