AnonymousUser

Logout

अर्थ समितिबाट सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित

अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिजपदार्थ, बौद्धिक सम्पत्ति तथा व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा सीमित भएको छ भने चार अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

रवि लामिछानेसहित ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

कास्की जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध २७ करोड तथा छविलाल जोशीविरुद्ध ७४ करोड रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।

रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए।

बाजुरामा शनिबारको भूकम्पबाट ८ घरमा क्षति, १२३ परिवार जोखिममा

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको पाइएको छ। 

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार? 

शुक्रबार तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छापावाला सुन आइतबार १ लाख ४९ हजार ६०० रुपैयाँमा रहेको छ।

पाँच महिनामा १३ अर्ब ४ करोडको विद्युत् निर्यात

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो। मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ।

मुग्लिन–काठमाडौँ सडक आइतबारदेखि दैनिक तीन घण्टा बन्द 

सडक विस्तारका क्रममा केही स्थानमा कटान गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने

पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।

सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, ३ जना घाइते

भारतको पलिया बजारनजिक गाडी दुर्घटना हुँदा सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश बमसहित ३ जना घाइते भएका छन्।

जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध गाडी चलाउँदा ५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

जर्मनीको एक व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

दीपेन्द्रसिंह ऐरीले जिते कार, ललितलाई इलेक्ट्रिक बाइक

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् भने अन्य खेलाडीले के पाए पुरस्कार?

यू१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध क्रिकेट रंगशालामा

मलेसियामा आगामी जनवरीमा हुने महिला यू१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ।

पृथ्वी–अवलोकन गर्न उपग्रह प्रक्षेपण गर्दै भारत र अमेरिका

निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ। 

जनकपुर बोल्ट्स बन्यो एनपीएल च्याम्पियन

शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको छ।

हेटौँडा उपमहानगरले बढायो करिब २० करोड बजेट

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी वृद्धि गरिएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए। 

एनपीएल: उपाधि जित्न जनकपुरलाई १८५ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो। 

जापानमा आगलागीमा परी ८ जनाको मृत्य

दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

महोत्तरीमा डाँका समूहद्वारा १ जनाको हत्या गरी लुटपाट

मनरासिश्वा नगरपालिका–४ का ७० वर्षीय सुशील झाको घरमा लुटेराको समूह पसेर घरधनी झालाई कुटपिट गरेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ।

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपीएलको फाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो १२:१५ बजे शुरू हुनेछ।