AnonymousUser

Logout

टिपर दुर्घटनामा राहुघाट जलविद्युत् आयोजनाका २ कामदारको मृत्यु

निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट टिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

संखुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

संखुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको छ। यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्छ। 

सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सामान्य सुरक्षा बलका १४ सदस्य र तीन सशस्त्र व्यक्तिको मृत्यु भएको छ।

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ। अब ७० मिटर मात्र खन्न बाँकी छ।

भरतपुरमा यू१९ मिहला क्रिकेट टोलीको बन्द प्रशिक्षण

भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा टोलीले बुधबार प्रशिक्षण थालेको छ। 

देशभरको मौसम सफा रहने पूर्वानुमान

पहाडी भेगमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। साथै, दिउँसो पनि मुलुकका अधिकांश भेगमा सफा रहनेछ। 

गाजा युद्धविरामको सम्झौतामा इजरायलका ‘नयाँ’ सर्तहरूले ढिलाइ भयो – हमास

हमासले इजरायलमाथि गाजा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ।

एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

बुधबार बसेको एमालेको सचिवालय बैठकले पार्टीका तीन जना सदस्यलाई कारबाहीको निर्णय गरेको हो।

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले गर्‍यो ‘टेक ओभर’

समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ।

कजाकिस्तानमा विमान दुर्घटना, जहाजमा सवार ६७ मध्ये २७ जना बाँच्न सफल

कजाकिस्तानको आपतकालीन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार विमानमा सवार २७ जना यात्रुहरू जोगिएका छन्।

उत्तर कोरियाली सेनाले युद्धमा उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ

किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक रुससँगको सीमा क्षेत्रमा कार्यरत छन्।

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य 

मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको छ।

तराईका विभिन्न स्थानमा हुस्सु, काठमाडौँ उपत्यकामा आंशिक बदली हुने

आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको छ।

लुम्बिनी कप महिला फुटबल फागुन १९ देखि 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्जस्थित महेन्द्र रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुनेछन्।

दार्चुला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प 

मंगलबार राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौँसहितका स्थानमा सामान्य वर्षा, बुधबारदेखि मौसम खुल्ने

मौसमविद्ले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न भएकाले सतर्कता अपनाउन अनुरोध गरेका छन्।

वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ७ वर्षपछि छुट्याउने सहमति

कानून, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ।

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन्। तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ भने अर्को पनि हालै ग्राउन्डेड भएको छ।

इन्ड्राइभ आईसीटी अवार्ड: विभिन्न १५ विधामा वितरण

‘लिभिङ विथ आईसीटी’ले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४’ सम्पन्न भएको छ।