गुरुङ समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्छन्। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
बैतडीको पाटनस्थित फर्निचर उद्योगमा काम गर्दै आएका एक मजदुरको निसास्सिएर मृत्यु भएको छ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा चालक दलका दुई सदस्यबाहेक विमानमा सवार सबैको मृत्यु भएको छ।
राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
मकवानपुरको राक्सिराङ–५, चाक्ले बगरमा ‘ब्रेक फेल’ भई जिप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको छ।
हुम्लामा लगातार तीन दिनसम्म हिमपात हुँदा सडक यातायात, हवाई उडानका साथै स्थानीयको दैनिक कामकाज प्रभावित भएको छ।
अख्तियारले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध १३ करोड १२ लाख रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपपत्र दायर गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन गरेको छ।
पोखराको फेवातालमा आयोजित ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा नेपाल, चीन र सिंगापुरका २० टोली सहभागी छन्।
प्रहरीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ।
आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ।
जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिई पर्खालमा ठोक्किएर आगलागी हुँदा १६७ जनाको मृत्यु भएको छ।
विभिन्न सामान प्याकेजिङमा प्रयोग हुने ‘बबल र्याप’लाई पड्काउनमा कतिपयले आनन्दसमेत लिन्छन्। त्यसैले उनीहरूले यसलाई तनाव प्रतिरोधी पोसाक भनेका छन्।
काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ। टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन्।
चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको छ। पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा. प्रशा
भारतीय राष्ट्रिय कराँते संघको आयोजनामा भएको प्रतियोगितामा बांग्लादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी खेलाडी सहभागी छन्।
२२ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ।
थाइल्यान्डको बैंककबाट १७५ यात्रु र ६ जना चालक दलका सदस्यसहित फर्किएको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो।
आइतबार बिहानदेखि मौसममा क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ।