दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
पनौती नगरपालिकाको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।
सरकारले प्रत्येक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउने भएको छ।
यो घटना आतंकवाद प्रेरित हो/होइन भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
आफन्तको हिरा कम्पनीमा कम्प्युटर अपरेटरको जागिर गर्दै आएका ती युवकले आफूले जागिर छाड्ने कुरा बताउन नसक्दा आत्मघाती निर्णयमा पुगेका हुन्।
आज तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो।
राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार ७४७ रहेको छ।
नेपालयले रचनाका लागि विश्वभरका नेपालीभाषी तथा नेपाली मूलका २५ वर्षमुनिका लेखकलाई खुला आह्वान गरेको छ।
घरायसी विवादका कारण एक युवकले आमा र ४ बहिनीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यस विषयमा विस्तृत् अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विभिन्न मुलुकका कूटनीतिक नियोगमा जिम्मेवारी लिएर जान लागेका नेपाली राजदूत तथा कूटनीतिक कर्मचारीले पनि हवाई टिकट मिलान तथा रुट निर्धारणमा कठिनाइ बेहोर्दै आएका छन्।
जलविद्युत् आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुंगा र बालुवा उत्खनन गरेको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ।
बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई मंगलबार राति तीव्र गतिमा रहेको बसले थिचेको थियो।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। राति सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ७.९ प्रतिशतले वृद्धि भएको छ।
रत्ननगरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ। यसअघि परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो।
होक्काइडोको मुख्य विमानस्थलमा वैकल्पिक उडानको प्रतीक्षामा यात्रुहरूको लामो लाइन लागेको छ। केहीले विमानस्थलको प्रस्थान कक्षबाटै सन् २०२५ लाई स्वागत गर्ने तयारी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन्।