AnonymousUser

Logout

वीरगन्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै टाँगा

अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

हात्तीको वनभोज, खुवाइयो थरीथरीका खानेकुरा (तस्वीरहरू)

हात्ती महोत्सवमा यसपालि हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको थियो।

भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानसाथ अन्त्येष्टि

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरको शनिबार दिल्लीको कश्मिरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

कृष्णसारको आहारा संकट टार्न संरक्षण क्षेत्रभित्रै मौसमीखेती

हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका घाँस सुक्ने भएकाले समस्या पर्ने गरेको कार्यालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधिका १२२ जना विद्यार्थी दीक्षित भएका छन्।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट ल्याउन थालियो पेट्रोल र मट्टितेल

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने कानून अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्यांक चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरेका थिए।

दिनाभद्रीमा थिए एक बब्लु!

सिरहाको डण्डास्थित मुसहर बस्तीमा बब्लु मात्रै यस्ता पात्र थिए, जो पहिलो एसएलसी उत्तीर्ण भए। तर उनी पनि भारत भासिए। अब दिनाभद्री पुस्तकालयमा पढ्न हौस्याउने कसले!

पाँच महिनामा बागमती सरकारको बजेट खर्च १२ प्रतिशत मात्र

प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएका पाँच महिनामा ७ अर्ब ३७ करोड १९ लाख रुपैयाँ मात्रै खर्च भएको छ। चालुको तुलनामा पुँजीगत बजेट कम खर्च भएको छ।

सूर्योदय हेर्न  मानुङकोट [तस्वीरहरू] 

सूर्योदयसँगै अन्य मनोरम दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले यो ठाउँ भरिभराउ हुने गरेको छ। डाँडामा भ्युटावर पनि निर्माण गरिएको छ।

प्रहरी जवानले कार्यकक्षमा आफैमाथि चलाए गोली

टाउकोमा गोली लागेका प्रहरी जवान चक्रप्रसाद न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

कर्णाली नदीमा डोजर पल्टिँदा १ जना बेपत्ता, चालकको उद्धार

पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएको हो।

सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि वर्षा

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अण्डाको मूल्य हालसम्मकै उच्च

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताए।

भारतको पन्जाबमा पुलबाट बस खस्दा ८ जनाको मृत्यु

भारतको पन्जाबमा यात्रुवाहक बस पुलबाट खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्। 

काठमाडौँ महानगरले तयार पार्‍यो १ अर्ब ६ करोड लागतमा ८४ परियोजनाको ‘डीपीआर’

काठमाडौँ महानगरअन्तर्गत सहरी योजना आयोगले सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजनाको डीपीआर तयार पारेको छ।

डाक्टर बनेर उपचार गर्न गएका व्यक्तिले लुटे गरगहना र नगद ३ लाख

डाक्टर बनेर गएका व्यक्तिले बिरामीलाई बेहोस पारेर सुन तथा चाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ।

बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ।

माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ

बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ छ।