दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
वसन्तपुरमा पर्यटन उत्सव
काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरूको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ। विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए। बादनमा मा धिमे ठूलो धिमे र धुन्याबाट कार्यक्रम शुरू भएको थियो। यसपछि चिगो सानो धिमे, घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गरेका थिए। बादन र नृत्यको निर्देशन सुदनमान मुनिकारले गरेका हुन्। मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी थिए। यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आएका थिए। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको हो। विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी भए तापनि अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम हिजो सम्पन्न गरिएको हो।
नेपाल एअरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरिएको छ।
सरकारले खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ।
मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखेका थिए।
सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ।
प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
डेंगीबाट संक्रमित मिश्रको ७२ वर्षको उमेरमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
माझी समुदायमा खानेपानी अभाव टार्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३० लाख रुपैयाँ खर्चेर लिफ्ट आयोजना सम्पन्न गरे पनि धारामा पानी आएको छैन।
नेपालका लागि कुशल भुर्तेलले अविजित ९२ रन बनाए। उनले ५४ बलमा ६ छक्का र ७ चौका प्रहार गरे।
कोशी, मधेश, बागमती र कर्णालीका थोरै तथा गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।
नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिबाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिबाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ।
पर्यटन दिवसका अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा धिमे बाजामा एक हजार कलाकारले नृत्य प्रदर्शन गरेका छन्।
ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ।