बिहीबार राति सशस्त्र प्रहरी बल एकडारा चेकपोस्टबाट खटिएको गस्ती टोलीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलो गाँजा बरामद गरेको छ।
बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि समान मूल्यमा कारोबार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशप्रसाद जोशीले दुवै जना शुक्रबार बिहान बिछ्यौनामा मृत भेटिएको जानकारी दिए।
मानव तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अनुसन्धान शुरू गरिएको डीएसपी रामचन्द्र तिमिल्सिनाले जानकारी दिए।
समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव कम गर्न सकिने बताएका छन्।
दिउँसो कोशी र लुम्बिनीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
केही दिनअघि बंगालको खाडीमा उत्पन्न भएको समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा समेत पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछाने अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्।
नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ।
टर्की सरकारले बुधबार राति इराक र सिरियामा रहेको कुर्दिश चरमपन्थी संगठन पीकेकेको स्थानमा आफ्नो सेनाले आक्रमण गरेको जनाएको छ।
कानूनले निषेध गरेका गतिविधि गरे/गराएमा कानूनबमोजिम कारबाही गरिने पनि जिप्रका काठमाडाैँले जनाएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.२५ अंकले ओरालो लागेर २०६२७.१४ मा पुगेको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।
मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ।
उत्तर कोरियाको वोनसनबाट सेना रुसको भ्लाडिभोस्टोकसम्म जहाजमार्फत गएको र हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको अमेरिकाले जनाएको छ।
राजमार्गको कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुगेको छ।
उपन्यासको मूल विषय र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवं संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ।
निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ।
साकेला गाउँपालिका–४ वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म अमेरिकाबाट नफर्किएको र वडाको काम प्रभावित भएको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।