AnonymousUser

Logout

महाशिला गाउँपालिका: गाउँ फर्किनेलाई ६ महिनाको खाद्यान्न, १ लाख अनुदान 

गाउँ फर्केकालाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरण पोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ।

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडीबुटीस्थित कार्यालय परिसरमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ।

५० वर्षअघि बुङमति चैत्यबाट चोरिएको बुद्धमूर्ति अमेरिकाबाट फिर्ता आउँदै

बुद्धमूर्ति फिर्ता हुने निर्णय सार्वजनिक भए पनि नेपाल ल्याउन कूटनीतिक र कानूनी प्रक्रिया बाँकी छ। अब पुरातत्त्व विभाग र कूटनीतिक नियोगको तदारुकता जरुरी छ।

तोलामा १ लाख ६० हजार नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ।

सिनिङमा संसारकै लामो थांकाको आकर्षण [तस्वीरहरू]

सुन, चाँदी र पित्तलसहितको जलप राखेर तयार गरिएको थांकामा राजा श्रङ–चङ गम्पोको कथामा जोडिएकी नेपाली राजकुमारी भृकुटीको चित्रकथा छ। तिब्बती धर्मगुरु पन्चेन लामासम्मको विवरण समेटिएको छ। 

ला लिगा: एम्बापेको लगातार गोलमा रियल मड्रिड विजयी 

रियल मड्रिड सात खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना १८ अंकसहित शीर्षस्थानमा छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेश भई अदालतबाट सदर भएपछि कैदी जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

क्रिप्टो कारोबारीबाट रकम असुलेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ। 

हरिनी बनिन् श्रीलंकाको प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले हरिनी अमरसूर्यालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

यसपालिको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।

दशैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने

विभागका अनुसार लामो दूरीका यात्रीवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि यान्त्रिक चेकजाँच गर्नुपर्ने छ भने सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने छ।

‘सरकार बागमती सफा र सुन्दर होस् भन्ने चाहँदैन’

‘ढुंगा हान्ने, टायर बाल्नेहरूको कुरा सरकारले सुन्यो। शान्तिपूर्ण रूपमा बागमती सफा हुनुपर्छ, संरक्षण हुनुपर्छ, यसलाई मास्नु हुँदैन भन्नेहरूको कुरा कहिल्यै सुनेन।’

साफ च्याम्पियनसिप : प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय टोलीबाट खेलिरहेकाबाहेक एन्फा महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेकालाई पनि समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

डेंगी संक्रमण : सरुवा रोग अस्पतालमा बढे बिरामी (तस्वीरहरू)

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।

बिदेसिने योजना त्यागेर तरकारी खेतीबाटै दिनको १० हजारसम्म कमाउँदै मुकुन्द

मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेँडा बजार लैजाने गरेका छन्। प्रतिकिलो ५० रुपैयाँका दरले गोलभेँडा बजारमा बिक्री हुँदा दैनिक आठदेखि १० हजारसम्म कमाइ हुने उनको भनाइ छ।

नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७० को विन्दुमा, ५ अर्ब ६८ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ५८.९३ अंक अर्थात् २.३३ प्रतिशतले घटेर २४७०.३९ को विन्दुमा सीमित भएको छ। 

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा ४ जना पक्राउ

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।

यौनहिंसाका आरोपित र अदालतलाई अटेरी गर्ने पनि राजदूतमा अनुमोदित

यौन दुर्व्यवहारको आरोप लागेर राष्ट्रिय मानव अधिकार आयोगबाट एक वर्ष निलम्बनमा परेका प्रा. कपिल श्रेष्ठ मात्र नभई अदालतले तोकेको १५ हजार जरिबाना नतिरेका धनप्रसाद पण्डित पनि राजदूतमा अनुमोदन भएका छन्।

एसियन करातेमा ऐतिहासिक रजत पदक जित्दै स्वदेश फर्किइन् एरिका

सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन्।