दशैँ मनाउनका लागि पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रुले काठमाडौँ छाडेका छन् भने घटस्थापनादेखि अहिलेसम्म चार लाख ६७ हजारभन्दा बढी यात्रु बाहिरिसकेका छन्।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सोमबार बिहान खसेको सुक्खा पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।
गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दशैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ।
छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ।
उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न पाइने छैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्नेछ।
फाइनलपछि करिब एक घण्टा ढिलो शुरू भएको समारोहमा उद्घोषक साइमन डुलले भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको बताउँदै कार्यक्रम सकिएको घोषणा गरेका थिए।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।
दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
एमालेले भदौ २४ को घटनामा संलग्न दोषीहरूलाई कारबाही अगाडि नबढाउन गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
जेनजी आन्दोलन जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउन र आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।
राजधानी किभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु पुष्टि भएको बताए। राजधानी वरपरको क्षेत्रमा कम्तीमा २७ जना घाइते भएको सैन्य प्रशासनले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ तथा त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ निर्धारण भएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको गाडी सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको छ।
सम्पत्ती बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ।
राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।
दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।