AnonymousUser

Logout

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

मोटरसाइकल दुर्घटनामा एक अस्ट्रेलियाली नागरिकको मृत्यु

सिन्धुपाल्चोकको भोटेकोशीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक अस्ट्रेलियाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

एमाले सचिवालय बैठक आइतबार, कांग्रेस केन्द्रीय समिति असोज २६ मा

एमालेले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

चाडपर्वलक्षित सुरक्षा : देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।

अन्तर्राष्ट्रिय दबाबबीच नेतान्याहुको अडान: हमासविरुद्धको युद्ध जारी रहन्छ

अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्‍याएका छन्।

प्रदर्शनका घाइतेको उपचार गर्न ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज र प्रभावकारी बनाउन 'जेनजी क्लिनिक' सञ्चालन गर्ने भएको छ।

काम नगरी वर्षौंसम्म अलपत्र परेका २३४ सडक र पुलका ठेक्का तोडिँदै

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।

‘घाइतेलाई शरीरको भन्दा आन्दोलनको म्यान्डेटको चिन्ता छ’

मन्त्री महावीर पुनले ट्रमा सेन्टरमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा उनीहरूले आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी आन्दोलनको माग पूरा हुने/नहुनेबारे चिन्ता व्यक्त गरेको बताएका छन्।

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

इरानमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघको तयारी

प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।

खोकनावासीले मनाए सिकाली जात्रा [तस्वीरहरू]

ललिनपुरको खोकनाका नेवार समुदायले सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।

सर्लाहीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।

कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

धनुषामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

धनुषामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

माओवादीको केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन

बैठकले महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने निर्णय गरेको छ। पार्टीका मौजुदा केन्द्रीय सदस्यहरू नै उक्त आयोजक समितिका सदस्य रहनेछन्।

जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी खोज्न कार्यदल गठन

फरार कैदीबन्दीको खोजी अभियानलाई तीव्र पार्न गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा 'फरार बन्दी खोजी तथा पक्राउ कार्यदल' गठन गरेको छ।

दशैँमा यात्रा गर्न मुख्य राजमार्ग सहज, अवरुद्ध बाटो खुलाउने प्रयास जारी

सडक विभागले देशभरका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ।

शान्तिसुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह

भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका अजेन्डासहित गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात् मानव अधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प

रामेछापको भटौली केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ।

साप्ताहिक ब्रिफिङः पार्टी खोल्ने ‘मुड’मा छैनन् बालेन, कसरी जुट्ला पुनर्निर्माणको स्रोत?

यो साता उकालोमा ‘अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो’, ‘पार्टी खोल्ने‘मुड’मा छैनन् बालेन’, ‘क्षतिग्रस्त संरचना: कसरी जुट्ला पुनर्निर्माणको स्रोत?’, ‘कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?’ लगायतका समाचार चर्चामा रहे।