AnonymousUser

Logout

बाबुराम भट्टराईले त्यागे अध्यक्ष पद

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्।

तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायातसमेत प्रभावित

मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–काठमाडौँ सडकखण्डमा पनि परेको छ।

लद्दाखमा प्रदर्शनकारीले भाजपाको कार्यालयमा आगजनी गरे

सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।

लगातार दुई कारोबार दिन बढेको शेयरबजार फेरि घट्यो

बुधबार नेप्से २७.८९ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २,६५४.३५ विन्दुमा कायम भएको छ।

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेल र  प्रधानमन्त्री सुशीला कार्कीबीच आजै केहीबेर अघि शीतल निवासमा भेटवार्ता पनि भएको थियो।

ताइवानमा आँधीका कारण ताल फुट्दा १४ को मृत्यु

चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। मकाउको क्यासिनो क्षेत्रमा बाढीका कारण बिजुली आपूर्ति काटिएको छ।

नारायणगढ–मुग्लिन सडक: तुइन खोलाको पहिरो पन्छाउन २ दिन लाग्ने

पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ।

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

संघ र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ।

तस्वीरमा बीपी राजमार्ग

राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

टोपबहादुर रायमाझी कारागार फर्किए

कारागार व्यवस्थापन विभागका अनुसार, जेनजी आन्दोलनका क्रममा भागेका कुल १४ हजार ५५६ कैदीबन्दीमध्ये सात हजार १०७ जना कारागार फर्किसकेका छन् भने अझै सात हजार ३०६ कैदीबन्दी फरार छन्।

पाँच हजारनजिक पुग्यो डेंगी संक्रमितको संख्या

डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा डेंगी फैलिएको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।

अपहरणपछि हत्या घटनाको अनुसन्धानका लागि ८ जना नियन्त्रणमा

गोलबजार नगरपालिका–१३ का एक किशोरको अपहरणपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।

नारायणगढ-मुग्लिन सडकमा जोखिम मोलेर यात्रा नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, चितवनले नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक तत्काल खुल्ने सम्भावना नरहेको भन्दै जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ।

जनताले बुझ्ने भाषामा कानून बनाउने निर्णय सदर

पदबहालीपछि मन्त्री सिन्हाले कानूनको भाषा, शैली र निर्माण प्रक्रियालाई आमजनताले सजिलै बुझ्न सक्ने बनाउन अध्ययन गर्ने निर्णय सदर गरेका छन्।

नारायणगढ-मुग्लिन सडकमा फेरि पहिरो, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै मंगलबार साँझ पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा परी घाइते भएकी महिलाको मृत्यु

जेनजी प्रदर्शनका दौरान वीरगन्जमा भएको आगजनीमा परेर गम्भीर घाइते भएकी एक महिलाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

दिल्ली दूतावासमा भीआईपी आवासीय सेवा बन्द, पूर्वराष्ट्रपति नै बस्न पाएनन्

नेपालमा भएको राजनीतिक परिवर्तन र जेनजी आन्दोलनपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले विशिष्ट व्यक्तिहरूलाई दिँदै आएको आवासीय सेवा तत्कालका लागि बन्द गरेको छ।

उपल्लो मुस्ताङको कथामा आधारित उपन्यास ‘तोरकीन’ सार्वजनिक

क्षितिज समर्पणले उपन्यास ‘तोरकीन’मा उपल्लो मुस्ताङको सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहासलाई मिथकीय शैलीमा प्रस्तुत गरेका छन्।

बाह्रबिसे–तातोपानी सडकको बिजोग [तस्वीरहरू]

पहिरोका कारण अवरुद्ध भएको सडक अस्थायी रूपमा मर्मत भएसँगै कन्टेनरहरू सुख्खा बन्दरगाह आइपुगेका छन्।

तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो सुनको मूल्य

नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ। मंगलबार अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेर तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ।