AnonymousUser

Logout

नवलपरासी पूर्वमा ९३ प्रतिशत धान रोपाइँ

जिल्लाको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४०५ हेक्टरमा रोपाइँ सकिएको छ।

झापाको हल्दिबारीमा सवारी दुर्घटना: दुई जनाको मृत्यु

हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो देखाइने

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा भने भारी वर्षा हुनेछ। मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

पर्व

तानियो रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जाउलाखेल लगिएको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ। काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रूपमा मानिने यो रथ जात्रा करिब १६ सय वर्षअघि शुरू भएको मानिन्छ। रातो मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

डडेलधुरामा वयस्क चितुवा मृत फेला

अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। 

एमाले सचिवालय बैठक : उपाध्यक्षमा गुरु बराल मनोनीत, नेताहरूको जिम्मेवारी हेरफेर

एमालेको बिहीबारको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिएको छ। 

जेठ २८ गतेयता बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो, ४७ जना बेपत्ता

बाढी–पहिरोलगायत विपद्‍का घटनाबाट चार हजार ११२ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

हातले टेकेर तीन वटा विमान तान्दै बनाए कीर्तिमान

सानैदेखि खेलकुदमा सक्रिय उनले ढाडको चोटका कारण २४ वर्षको उमेरमा खेल्न छाडिसकेका थिए। डाक्टरले पनि आराम गरेर बस्न सल्लाह दिएका थिए।

चीनमा भारी वर्षाले निम्त्याएको विपद‍्बाट ३० जनाको मृत्यु, ३५ बेपत्ता

भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएका छन्।

मापदण्ड पुगेका नर्सिङ कलेजलाई सञ्चालन स्वीकृत दिन संसदीय समितिको निर्देशन

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले कानूनी मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन निर्देशन दिएको छ।

सिधाकुरा डटकमको विवादमा १५ दिनभित्र बहस नोट पेश गर्न आदेश, भदौ ६ गते निर्णय सुनाउने

सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा भदौ ६ गते निर्णय सुनाउने भएको छ।

ललितपुर महानगर

सातदोबाटोका अवैध टहरामा डोजर

ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित चक्रपथ छेउमा रहेका टहरामा डोजर चलाएको छ। महानगर प्रहरी बलले बिहीबार बिहान सो क्षेत्रमा रहेका नक्सापास नभएका तीनवटा टहरा भत्काएको हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी 

७ महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

पर्यटन बोर्डका अनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्।

किर्ते दस्तखत गरी रकम झिकेको आरोपमा विद्यालय सहयोगी पक्राउ

प्रहरीका अनुसार बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गतेयता एक वर्षमा २० पटक किर्ते हस्ताक्षर गरेर रकम निकालेको खुलेको छ।

पर्वतका अस्पतालमा डेंगीका बिरामीको बढ्यो चाप

पर्वत अस्पतालसँगै निजी अस्पताल, मेडिकल र ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा पनि डेंगीका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेर २७५५.६२ मा सीमित भएको छ। 

सहकारी पीडित पुनः आन्दोलित (तस्वीरहरू)

प्रदर्शनका क्रममा उनीहरूले ‘सहकारीले दुःखको कमाइ लुटिदिँदा जिन्दगी नै अप्ठ्यारो भयो, ओखती र खाना खान नपाएर बाँच्नै गाह्रो भो’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

टीआरसी विधेयकमा दलहरूबीच जुट्यो सहमति

तत्कालीन माओवादीबाट लडेका बहिर्गमित लडाकुलाई द्वन्द्व प्रभावितका रूपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमति भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।