कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना छ।
दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटेको बताए।
भोटो जात्रा शुरू भएको यकिन मिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको हो।
दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
पहिरो प्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बताएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार विश्वासको मत लिने भएका छन्।
बागमती नदी
कुपण्डोलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म बागमती नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ। नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा बागमती नदी महोत्सवअन्तर्गत शनिबार र्याफ्टिङ सञ्चालन गरिएको हो।
यही जेठ २८ यताका भएका घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका छन्।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको गोली लागेर मृत्यु भएको छ।
थापाथलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतलाई ३–२ को सेटले पराजित गरेको छ।
विद्युत् महसुल नतिर्दा लाइन काटेपछि जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए।
देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको अलैँची विकास केन्द्रका प्रमुख राजन परियारले बताए।
ललितपुरको गोदावरीमा १६, काठमाडौँको टोखामा आठ र कैलालीको धनगढीमा एकसहित देशरभर हैजा संक्रमितको संख्या २५ पुगेको छ।
देवकोटाले २०१२ देखि ०१४ सालभित्र आफ्नै खण्डकाव्य ‘मुनामदन’देखि ‘बीए पोएट्री’ र ‘पोएट्री नोट’ रत्न पुस्तक भण्डारबाट लगेका थिए। त्यसबेला ‘मुनामदन’को मूल्य १ रुपैयाँ २५ पैसा थियो।
हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने इरानले वाचा गरेसँगै मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो।
भुटानको राजधानी थिम्पुमा भएको सेमिफाइनलमा कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो।
चाबहिल–सुन्दरीजल–मुलखर्क–हिले भन्ज्याङ हुँदै यहाँ पुग्न सकिन्छ। बाटोमा कागेश्वरी मन्दिरको दर्शन गर्दै पनि जान सकिन्छ।