AnonymousUser

Logout

तोलामा १ लाख ४९ हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४९ हजार ४०० निर्धारण भएको छ। 

देशभर २ हजार ६१ जनामा डेंगी संक्रमण, सबैभन्दा बढी काठमाडौँमा 

यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगीको संक्रमण थप बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ।

बेनी बजारमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा ५० करोड रुपैयाँ लागतमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरिएको छ।

पेरिस ओलम्पिक: प्रिन्स दाहाल समूह चरणका सबै खेलमा पराजित

प्रिन्ससँगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्त भएको छ। टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकी मनीता श्रेष्ठ प्रधान तथा सुटिङकी सुस्मिता नेपाल बाहिरिइसकेका छन्।

कोशी, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी  वर्षाको सम्भावना छ।

बाढी–पहिरोमा परी बुधबारसम्म १४५ जनाको मृत्यु, ४७ बेपत्ता

वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी बुधबार दिउँसोसम्म १४५ जनाको मृत्यु भएको छ।

काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, छ घाइते

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको हो।

नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ।

उसु च्याम्पियनसिपमा नेपाललाई १३ स्वर्ण र ९ रजत

छैटाैँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित दोस्रो भई स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।

बागमती, लुम्बिनी र कर्णालीमा प्रदेशप्रमुख नियुक्त

मन्त्रिपरिषद्को गत सोमबारको बैठकको निर्णय एवं सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेशप्रमुख नियुक्त गरेका हुन्।

एमसीसी परियोजना अन्तर्गत तीन वटै सबस्टेसन निर्माणको ठेक्का लाग्यो

दमौली सबस्टेसन निर्माणको सम्झाैता भएसँगै तीन वटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सिंगापुर र अमेरिकाबीच गैरसैनिक परमाणु ऊर्जा सहयोग सम्झौतामा हस्ताक्षर

परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको छ।

६४ अंकले बढ्यो शेयर बजार, झन्डै २२ अर्बको कारोबार

यो कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो।

विदेशी पर्यटकले निर्वाधरूपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने

कोराना महामारीका बेला गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो। 

बाढी

एमाले केन्द्रीय कार्यालयमा पस्यो बाढी

ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ। अविरल वर्षापछि उर्लिएको बागमतीको बाढी पस्दा कार्यालय परिसर जलमग्न भएको छ। बुधबार बिहान च्यासलस्थित बागमतीको पुलमाथिबाट बागमतीको पानी बगेको थियो। बाढीले च्यासल फुटबल मैदान, अस्थायी प्रहरी पोस्ट र पार्टी प्यालेस पनि डुबाएको छ।

भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, उद्धार कार्य जारी

विनाशकारी पहिरोले आवास तथा सडक क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ।

इजरायली हमलामा हमासका वरिष्ठ नेता हानियाको मृत्यु

हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शप थग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए। इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

ललितपुरका विभिन्न स्थान डुबानमा: २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ च्यासल, वडा नं ९ शंखमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ।

काठमाडौँको बल्खु खोलामा बाढी: १ जनाको मृत्यु

बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको प्रहरीले जनाएको छ। 

काठमाडौँ उपत्यकामा रातभर वर्षा: नदी करिडोरका बस्ती डुबानमा

वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।