AnonymousUser

Logout

ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालनमा

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण शुरू भएको छ।

सिंहदरबार प्रवेशका लागि साउनदेखि ‘ई–गेटपास’

अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि ती पास खारेज गरेर क्यूआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने गृह मन्त्रालयले जनाएको छ।

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ।

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ। 

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा कायम भएको छ।

हिरासतमा हुने यातना र दुर्व्यवहार अन्त्य गर : एम्नेस्टी इन्टरनेसनल 

एड्भोकेसी फोरम–नेपालले मुलुकी अपराध संहिता लागू भएपछि विभिन्न हिरासतमा भएका यातना र मृत्युका १०९ वटा घटनाहरूको अभिलेख गरेको जनाएको छ। 

भारतको लोकसभा सभामुखमा पुनः ओम बिरला, यस्तो छ उनको राजनीतिक यात्रा

बिरलाले भारतको इतिहासमा ४९ वर्षपछि पाँच वर्षको कार्यकाल पूरा गरी पुनः सभामुख बन्ने अवसर प्राप्त गरेका छन्। यस्तो अवसर प्राप्त गर्ने पहिलो सभामुख बलराम जाखड थिए।

मैले पहिचानको संकट भोगेँ र त्यसैलाई कथाको विषय बनाएँ : रञ्जन अडिगा

‘भारतबाट नेपाल आएको र नेपालबाट अमेरिका गएकोले मसँग अदरिङको ठूलो अनुभव छ। मेरो मनमा बारम्बार ‘मेरो घर कहाँ हो?’ भन्ने प्रश्न आउँछ। पहिचानको संकट मलाई जहिले पनि भइरह्यो।’

लमजुङ पहिरो : पुरिएका ४ जनाको शव निकालियो

गएराति गएको पहिरोमा तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।

जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु, ६ घाइते

जोशीपुर –३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर निधन भएको छ।

क्रिकेटको डीएलएस विधिका सहआविष्कारक डकवर्थको निधन

क्रिकेट खेल वर्षा वा अन्य कारणले छोट्याउनुपर्दा फ्र्यांक डकवर्थले टोनी लुइससँग मिलेर बनाएको नियम लागू गरिन्छ। यो नियम पहिलो पटक सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग भएको थियो।

कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस, कैफियत भए उजुरी दिन अनुरोध 

कैद छुटको लागि सिफारिस गर्न योग्य ६२० कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस भई आएको विभागले जनाएको छ।

ओखलढुंगामा पहिरोले घर र गोठ पुरियो: १ जनाको मृत्यु, २ घाइते

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ।

कास्कीमा पहिरोमा परेर २ बालबालिकाको मृत्यु, १ जना घाइते

कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको मृत्यु भएको छ।

लमजुङमा पहिरोले ३ घर पुरिए, ४ जना बेपत्ता

पहिरोमा परेर रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका छन्।

मोरङमा बाढीले एकै परिवारका ४ जनालाई बगायो: १ को मृत्यु, २ बेपत्ता

बुढीखोलामा माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ।

देशभर मनसुनी वायुको प्रभाव, सिन्धुपाल्चोक र लमजुङमा भारी वर्षा

बागमती, कोशी र गण्डकीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

केन्यामा करवृद्धिको विरोध गर्दै संसद् छिर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा कैयौँको मृत्यु

केन्यामा करवृद्धिको विरोध गर्दै प्रदर्शनकारीले संसद्मा प्रवेश गरेर आगजनी गरेका छन् भने प्रहरीले गोली चलाउँदा कैयौँको मृत्यु भएको छ।

मदिरा‍का कारण बर्सेनि २६ लाखको मृत्यु : डब्लूएचओ

‘मदिरा प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीर क्षति, दीर्घरोग, मानसिक स्वास्थ्यमा जोखिम बढाउँछ र दुखद् रूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ,’ डब्लूएचओका महानिर्देशक भन्छन्।