AnonymousUser

Logout

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ।

पोखरा महानगरले पर्यटन राजधानी एकीकृत रणनीतिक कार्ययोजना तयार पार्ने

नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनामा लगानीका लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने पोखरा महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, ४ बिरामी

राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जना मृत्यु भएको छ भने चार जना बिरामी भएका छन्।

सांसद भन्छन्– वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा ज्येष्ठ नागरिकलाई सास्ती भयो

राष्ट्रियसभा सदस्यहरूले ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा तत्काल सुधार गरी सहज बनाउनुपर्नेमा जोड दिएका छन्।

सामान्य अंकले घटेको नेप्सेमा ४ अर्ब ३७ करोडको कारोबार

आइतबार वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

भारतमा विषाक्त मदिरा सेवनका कारण ५३ जनाको मृत्यु

रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ। 

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता, मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुख्यसचिव अर्यालसमेत १२ जनाविरुद्ध विशे‍ष अदालतमा मुद्दा दायर गरेको छ। 

दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलद्वारा पद अस्वीकार

प्याकुरेलले आफूलाई नसोधेरै राजदूतमा नाम सिफारिस गरिएको र राजदूत बन्ने आफ्नो चाहना नै नभएको भन्दै पद स्वीकार नगरेको बताएका छन्।

काठमाडौँ महानगरको नदी सफाइ अभियान

एक हप्तायता महानगरको सफाइ समूह राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा जुटेको छ।  यसअघि रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुशी सफाइ गरिएको छ। 

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

सञ्चारसचिव रहँदा अर्यालले दूरसञ्चार प्राधिकरणको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी निर्णय गरेको अख्तियारको निष्कर्ष छ।

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन 

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। 

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन आइतबार एक लाख ४२ हजारमा कारोबार भइरहेको छ।

टी२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

अफगानिस्तानले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो। 

पहिरोले डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध

बेँसीशहर नगरपालिका–१ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले खुल्न समय लाग्ने प्रहरीले जनाएको छ।

बांग्लादेशमा पुल भत्किँदा ९ जनाको मृत्यु

विवाह भोजका पाहुना बोकेको एउटा माइक्रोबस र अटोरिक्सा पुल भत्किएर नहरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बाढीले बगाउँदा जाजरकोटमा १ जनाको मृत्यु, ६ घाइते

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको छ।

ब्युटीपार्लरमा काम दिने बहानामा नाबालिकालाई यौनधन्दामा लगाउने २ जना पक्राउ

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको छ।

यस्तो रहनेछ आइतबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका अधिकांश र लुम्बिनीका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

दार्चुलामा सिकार गर्ने क्रममा गोली लागेर १ जनाको मृत्यु

दार्चुलामा सिकार गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा गोली लागेर एक जनाको मृत्यु भएको छ।

डोल्पाको फोक्सुन्डो खोलामा डुबेर २ बालिकाको मृत्यु

डोल्पाको फोक्सुन्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।