AnonymousUser

Logout

उपत्यकामा धाप ड्यामबाट पानी वितरण

काठमाडौँ उपत्यका खानेपानीले मेलम्ची बन्द भएपछि मंगलबारबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण शुरू गरिएको छ।

युक्रेनी शरणार्थी युरोपमा सन् २०२६ सम्म बस्न पाउने

युरोपियन युनियनले रुस–युक्रेन युद्धबाट प्रभावित युक्रेनी शरणार्थीलाई सन् २०२६ मार्चसम्म उनीहरू बसिरहेका ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ।

अछाम करेन्ट लागेर १ जनाको मृत्यु, १ घाइते

पोलबाट चुँडिएर सडकमा खसेको तारले करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

कोशी प्रदेश सरकार गठनविरुद्धको केदार कार्कीको रिट खारेज

कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

दोस्रो विश्वयुद्धमा पढाइ छाडेकी थिइन्, १०५ वर्षको उमेरमा लिइन् 'मास्टर्स डिग्री'

हिस्लोपका प्रेमी, जर्जले दोस्रो विश्वयुद्धमा सेनामा खटिनुपर्ने भयो। त्यतिबेला उनीसँग दुई वटा विकल्प थियो, स्नातकोत्तर पूरा गर्ने वा बिहे गर्ने।

ठगीको आरोपमा कलंकी ट्रेड सेन्टरका ६ सञ्चालक पक्राउ

प्रहरीले व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा कलंकी ट्रेड सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

नेप्से परिसूचक ५.६० अंकले बढ्यो

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

दधिकोटबाट २ करोड लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

सीबीआईबाट आएको भन्दै दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ। 

धितोपत्र बोर्ड अध्यक्षमा ३ जनाको नाम सिफारिस अनिवार्य : महान्यायाधिवक्ता कार्यालय

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिलाई महान्यायाधिवक्ताको कार्यालयले ऐनमा उल्लेख भएअनुसार तीन जनाकै नाम सिफारिस गर्नुपर्ने राय दिएको छ।

चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुंगामाटो थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रिहा भए विकिलिक्सका संस्थापक जुलियन असान्ज

पत्रकार असान्जले आफ्नो अपराध स्वीकार गरी अस्ट्रेलिया फर्किने सर्तमा यो रिहाइ गरिएको बताइएको छ।

एशिया कप तेक्वान्दोमा नेपाललाई सात पदक

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राखेपले जनाएको छ।

बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेको चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताए। 

झापामा चट्याङले लागेर २ जनाको मृत्यु

कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरीको चट्याङले लागेर मृत्यु भएको छ।

बांग्लादेशलाई हराउँदै अफगानिस्तान टी२० विश्वकपको सेमिफाइनलमा

मंगलबार बिहान भएको सुपर आठको खेलमा बांग्लादेशलाई ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ। 

बेलौरी बासीको दुखेसो: ४ दशकमा पनि बनेन कलुवापुर–बेलौरी सडक

सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा हिँडडुलमा पनि समस्या भएको छ। दक्षिण क्षेत्रका नागरिकले हालसम्म आश्वासन मात्र पाएको स्थानीयको भनाइ छ।

टी२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

सुपर आठको अन्तिम खेलमा बांग्लादेशले अफगानिस्तानलाई हराए मात्र अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।

सुनसरीको चतारा क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

रोपाइँ

बुंगमतीमा रोपाइँको चटारो

यतिबेला किसान खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसान अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन्। असार–साउन अर्थात् वर्षायाम भनेको खेतीबाली लगाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ। यतिबेला देशका अधिकांश फाँटमा किसानलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ। ललितपुरको बुंगमती क्षेत्रमा किसानहरू धान रोप्न शुरू गरिसकेका छन्। पानी ढिला पर्नुले धान रोप्न ढिला भएको किसानहरू बताउँछन्। ललितपुरको बुंगमती, खोकना धान उत्पादन हुने क्षेत्र हो।