AnonymousUser

Logout

संसदीय समितिबाट अभिलेख संरक्षण विधेयक

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ।

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय १ हप्ता बन्द

गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले जानकारी दिए।

तोलामा १ लाख ४२ हजार २०० पुग्यो सुनको मूल्य 

लगातार उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनेको छ। 

गलकोटमा शुरू भयो धान रोपाइँ, उत्पादन बढ्ने किसानको अपेक्षा

बागलुङमा बढी धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा धान रोपाइँको चटारो शुरू भएको छ।

फौजदारी मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर

न्युयोर्कको १२ सदस्यीय जुरीले ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरूमा उनलाई दोषी ठहर गरेको छ।

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटनामा अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन्। उनको नेपालगन्जमा उपचार भइरहेको छ। 

वर्षा नरोकिएपछि नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो। विश्वकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेल जुन ४ मा नेदरल्यान्डसँग खेल्नेछ।

प्यालेस्टिनी राज्यलाई मान्यता दिने विषयमा स्लोभेनियाको संसद्‌मा मतदान हुने

सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले गाजामा चाँडोभन्दा चाँडो युद्ध समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन्। ती दलसँग संसद्को कुल ९० मध्ये ५१ सिट छ। 

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, मधेश र बागमतीमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

वर्षकै सबैभन्दा बढी गर्मी नेपालगन्जमा, तापक्रम ४४.२ डिग्री मापन

मौसमविद् गोविन्द झाले बिहीबार साँझ प्राप्त अभिलेखमा नेपालगन्जको तापक्रम ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए।

त्रिवि अस्पताल परिसरमा सञ्चालित २ फार्मेसीमा तालाबन्दी

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।

भारतको जम्मूमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्।

तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी विधेयक संसद्‍मा पेस गर्न स्वीकृति

सरकारले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।

बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान

इनफ अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिने बताइएको छ।

एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या कोषमार्फत समाधान गरिने

कानूनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्। 

लामिछानेको अमेरिकी भिसा आवेदन दोस्रो पटक अस्वीकृत

भिसाका लागि क्रिकेटर सन्दीप लामिछानेले दिएको आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ।

तारकेश्वरमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते घाइते

काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

चोरीको उद्देश्यले विष्णुमायाको हत्या, ५ आरोपित सार्वजनिक

बिर्तामोड नगरपालिका–४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परे‍का पाँच जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्ब २१ करोडको कारोबार

नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।