म्याक्स नाम गरेको बिरालोलाई उसले क्याम्पसमा देखाउने मैत्रीपूर्ण व्यवहारका लागि सम्मान गर्न लागिएको हो।
गर्मीले विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुने र बिरामी बढ्दै जान थालेकाले विद्यालय बन्द गर्नुपरेको टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले बताए।
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ।
परिषद्को अध्यक्ष र तत्काल बहाल रहेका सदस्य संख्याको ५० प्रतिशतबाट निर्णय गर्न सक्ने व्यवस्था समितिबाट पारित भएको छ।
केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ।
दोषी ठहर भएका १४ जनामध्ये ४ जना पूर्व सांसद रहेका छन्। सबै जनालाई आजीवन कारावासको सजाय हुनसक्ने बताइएको छ।
आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम निर्यात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ।
गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका छन्।
बुधबार प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिपमा ६ जना सवार थिए। घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको एम्नेस्टीले जनाएको छ। सो वर्ष मृत्युदण्ड दिइएकामध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन्।
सुर्खेतबाट कालीकोट गइरहेको जिप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्ला नजिकै दुर्घटना भएको हो।
कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा नै र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर लाभ लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो।
अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो।
मापसे
मादक पदार्थ सेवन मापसे गरी सवारी चलाएका चालकलाई प्रहरीले ट्राफिक स्वयंसेवकमा खटाउन शुरू गरेको छ। आज बुधबारदेखि काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हो। गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए। तर, यो निर्णय हचुवाका भरमा गरेको भन्दै यसको चाैतर्फी विरोध भइरहेको छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले दिउँसो साढे दुई बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। यो दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो।
बुधबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले बिहीबारदेखि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको छ।