५६ कम्पनीको शेयरमूल्य बढ्दा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै सर्वोच्चले सोमबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिकता दिएको छ।
प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्नेबारे यही मे १० को राष्ट्रसंघीय महासभाको प्रस्तावपछि मान्यता दिने क्रम बढेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ।
प्रदेश संरचनाहरू अपेक्षाअनुसार दौडिन सकेका छैनन्, त्यसमा कर्णाली प्रदेश झन् पछाडि छ। प्रायः विकट भूभागयुक्त यो प्रदेश १०औँ राष्ट्रिय खेलकुदका पूर्वाधार निर्माणबाट आत्मविश्वास आर्जन गर्न जुटिरहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ।
भारतको ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसले मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण भएको क्षतिबाट ध्वस्त संरचना पुनः निर्माणका लागि २१ अर्ब ६० लाख रुपैयाँ छुट्याइएको छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ।
फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत बराबर हरित कर लाग्ने छ।
आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ अर्थात् कुल प्रस्तावित बजेटको १०.९४ प्रतिशत विनियोजन भएको छ।
राष्ट्रियसभा र प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ।
सरकारले भूकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ।
सहकारीमा देखिएका समस्या र लाखौँ बचतकर्ताको अर्बौं रकम अपचलन घटना छानबिनका लागि सरकारले सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ।
अर्थमन्त्री पुनले पाँच लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी वर्षलाई सूचना प्रविधि हबको प्रस्थान वर्षका रूपमा अगाडि बढाइने घोषणा गरे।
सरकारले मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड बजेट विनियोजन गरेको छ।
दिवस
देशभर बिहीबार १७औँ गणतन्त्र दिवस मनाइँदै छ। दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। सो अवसरमा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ।