AnonymousUser

Logout

कुरिनटारमा क्रसर उद्योग निर्माण रोक्न माग

चितवनको इच्छाकामना–४ कुरिनटारमा बस्तीको बीचमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न स्थानीयले माग गरेका छन्।

श्रीमान् बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन्।

दाङमा २ महिलाको हत्या, १ जना पक्राउ

घोराही शनिबार दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्रीको राजीनामासहितका माग राखेर डा. केसीले थाले अनशन

प्रधानमन्त्रीको राजीनामा, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय पिडकलाई सजायलगायतका माग राख्दै डा. गोविन्द केसीले अनशन थालेका छन्।

वीरगन्ज महानगरले भत्कायो अनधिकृत रूपमा बनाइएका संरचना

महानगरले गीता मन्दिरको मूल प्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको हो।

रूख कटान नहुँदा तनहुँ जलविद्युत् आयोजनाको निर्माण प्रभावित

प्याकेज–३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत् टावर ठड्याउने काम अगाडि बढ्न नसकेका तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठको भनाइ छ।

चापाकल सुकेसँगै वीरगन्जमा खानेपानीको अभाव

चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा १ पर्वतारोहीको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ। 

राप्तीसोनारीमा फैलिएको झाडापखालाबाट २९ जना बिरामी, ७ को अवस्था गम्भीर

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा फैलिएको झाडापखालाबाट २९ जना बिरामी परेका छन्।

नक्सालमा विद्यार्थीले बनाएका चित्र तथा मूर्तिकलाको प्रदर्शनी

काठमाडौँ महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको छ। 

१० जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

यस सिजन ऋतुमा ४१ वटा समूहका ४१४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

चतराधामको महाकुम्भ मेला सकियो, ४० लाख तीर्थयात्रीले गरे दर्शन

चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ।

नरेन्द्र र पुष्पाले जिते कर्णाली हाफ म्याराथन

सुर्खेतको वीरेन्द्रनगरमा भएको म्याराथनमा नेपाली सेनाका रावत प्रथम भएका हुन्। उनले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ११ मिनेट २५ सेकेन्डमा पूरा गरे।

गिल र सुदर्शनको शतकमा चेन्नाईमाथि गुजरातको जित 

२३२ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन मात्र बनाउन सक्यो।

कर्णाली हाफ म्याराथन शुरू, १ हजारभन्दा बढी सहभागी

नेपालगन्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन शुरू गरिएको आयोजकले बताएका छन्।  

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

एएनयूपोलमा सहभागीमध्ये ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुमा कम खर्च गरिरहेको तथा ५० प्रतिशतले प्रमुख खरिद स्थगित गरेको बताएका छन्।

यस्तो रहनेछ शनिबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

रफाह आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउँछ : गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजरायली स्थल आक्रमणले ‘ठूलो मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्।

गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन

भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ।