AnonymousUser

Logout

कोशी सरकार गठनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। इजलासले सो विवादमा पाँच वटा प्रश्नको निरूपण गर्नुपर्नेसमेत औँल्याएको छ।

कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

विदेश पठाइदिने बहानामा साढे ५ करोड ठगी, ३ जना पक्राउ

अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

कांग्रेसको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

भारतको सर्वोच्च अदालतले केजरीवाललाई दियो अन्तरिम जमानत

भारतको सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई शुक्रबार अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ।

भेरीमा ट्र्याक्टर खस्दा २ जनाको मृत्यु, ३ घाइते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

विमानको इन्जिन मर्मतमा ढिलाइबारे छानबिन गर्न निगमले बनायो समिति

नेपाल एयरलाइन्सले‍ ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

मकै पोलेर जीविका चलाउँदै सुकुमबासी शिविरका महिला

कैलालीको टीकापुर नगरपालिका–१ स्थिति सुकुमबासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन्।

रक क्लाइम्बिङका क्रममा लडेका सूचनको उपचारका क्रममा मृत्यु

रक क्लाइम्बिङ गर्ने क्रममा  लडेर घाइते भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको उपचारका क्रममा मृत्यु भएको छ।

मिसुस्टिनलाई पुनः रुसी प्रधानमन्त्रीमा नियुक्त गर्ने पुटिनको प्रस्ताव

मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि मिसुस्टिनले कानून बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिएका थिए।

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाबारे प्रहरीले थप खुलाएको छैन।

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, १० महिनामा मरे २१ गैँडा

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन्।

डढेलोले रामेछापको ४ हजार ५०० हेक्टर वन सखाप

डढेलोका कारण १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाको मृत्युसमेत भएको छ।

युद्धविराम वार्ता रोक्न इजरायलले रफाहमा आक्रमण गर्‍यो: हमास

इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्यांकहरू पठाएर इजरायलले अन्तर्राष्ट्रिय चासोको अवहेलना गरेको हमासको आरोप छ।

कोशी, बागमती र गण्डकीमा रातिदेखि नै हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकीको थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

पर्व

रातो मत्स्येन्द्रनाथको रथारोहण\r\n

वर्ष र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई आज रथारोहण गरिएको छ। पाटन मत्स्येन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो। आगामी वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ।

मधेशमा १० महिनामा आगलागीबाट १९ जनाले गुमाए ज्यान

आगलागीबाट साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

हतियार रोक्ने बाइडेनको चेतावनीको इजरायल अधिकारीद्वारा आलोचना

इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।

त्रिपालमुनि रात कटाउँदै अग्निपीडित परिवार

आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि रात कटाउन बाध्य छ।