AnonymousUser

Logout

दोहोरो अंकले घटेर १९७४.३७ को विन्दुमा नेप्से परिसूचक

आइतबार ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बाँकेमा ९ महिनामा ११२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु

मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका रहेका छन्। 

ललितपुरको बाफलमा आगलागी हुँदा ३ बालबालिकासहित ५ जना घाइते

ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।

अमेरिकाको टेक्सासमा बाढी: ६०० भन्दा बढीको उद्धार

बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले आइतबारसम्म अर्को चरणको भारी वर्षाको सम्भावना रहेको जनाएको छ। 

जापानी विदेशमन्त्री खामिखावा योको नेपालमा

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बजेट अभाव: ८ पुल निर्माण प्रभावित

धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार बजेट अभावमा सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।

डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ।

वनमा आगो लगाएको अभियोगमा काभ्रेमा ५ जना पक्राउ

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न गाउँमा धनमालको क्षति भएको छ।

दोदा नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु

दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको छ।

बार्सिलोनाको हारसँगै रियल मड्रिडलाई ला लिगा उपाधि

शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो।

देशका केही स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

जयनगर–जनकपुर–भंगहा रेलसेवा ३ दिन बन्द गरिने

भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिन बन्द गरिने भएको छ।

तुवाँलोले तुम्लिङटार विमानस्थल १२ दिनदेखि ठप्प

बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो।

वेस्टइन्डिज ‘ए’माथि नेपालको सान्त्वना जित

वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

त्रिशूलीसहित ५ नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने

विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहोरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिकमुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने परियोजनाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

ब्राजिलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने ७० जना हराइरहेका छन्।

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

लामो समयसम्म वर्षा नहुँदा चितवनमा विभिन्न किसिमका बिरामीको संख्या बढेको छ। बिरामीको चापलाई मध्यनजर गर्दै भरतपुर अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको छ।

नेपालले टस हार्‍यो, वेस्टइन्डिज ‘ए’ पहिला ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोस्टन चेजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले अन्तिम खेलमा पनि फिल्डिङ गर्ने भएको छ।

कञ्चनपुरमा आगलागीबाट घरगोठ जल्दा २५ लाखभन्दा बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार राति आगलागी भएको छ। आगलागीबाट ठगुन्नाको घरगोठ नै नष्ट भएको छ।