गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डसँग पीएसजी १–० ले पराजित भएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा रगत जम्ने जस्ता केही जोखिम हुन सक्ने स्वीकार गरेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने जनाएको छ।
इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै उद्धारका लागि प्रहरी टोली पुगेको थियो।
तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आईसीसी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ।
दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
कसैले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको हो।
श्रमिक दिवस
अन्तर्राष्ट्रिय श्रमिक दिवस बुधबार ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्। तर श्रमको उचित मूल्य नपाएको श्रमिकको गुनासो छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारा आफूहरूमा लागू नभएको उनीहरूको भनाइ छ।
नेपालमा श्रमिक एकजुट भएर अधिकारको लागि आवाज उठाएको पहिलो आन्दोलनका रूपमा २००७ सालको विराटनगर जुटमिलको मजदुर आन्दोलनलाई लिइन्छ।
वेस्टइन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट भयो।
वेस्टइन्डिजका ओपनर जोनसन चार्ल्स ११९ रनमा नटआउट रहे। उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरेका थिए।
बन्दुकधारीले पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा प्रार्थनाका क्रममा आक्रमण गरेका थिए। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
यस खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएको छ। उनको अनुपस्थितिमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।
सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा झरेको छ। मंगलबार एक लाख ३७ हजार २०० रुपैयाँ थियो।
आगो निभाउन गएका शंकर र रमेश पहरी गम्भीर घाइते भएका थिए। शंकरको मंगलबार तथा रमेशको बुधबार बिहान बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
अमेरिकामा गत वर्ष ४३ हजारभन्दा बढी महिलाको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो।
सामुदायिक वनको आगो बस्तीमा पस्दा १५ घर, १० गोठ र आठवटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।
आदिम साम्यवादी युगमा प्रकृति नै प्रमुख उत्पादक शक्ति थियो भने पुँजीवादी युगमा पुँजी नै प्रमुख उत्पादक शक्ति थियो। भूमण्डलीकृत पुँजीवादी उपयुगमा 'विज्ञान-प्रविधि' प्रमुख उत्पादक शक्ति भएर उभिएको छ।