AnonymousUser

Logout

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान १ रनले पराजित

आईपीएलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा हैदराबाद १ रनले विजयी भएको हो।

देशका अधिकांश स्थानको मौसम सफा रहने

दिउँसो, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली भई बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

बुरुन्डीमा बाढीबाट २९ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा एल निनो मौसमी प्रभावका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ।

सर्लाहीको विष्णु गाउँपालिकामा आगलागीबाट ७२ घर जले

बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका अन्य घरमा आगलागी फैलिएको वडा अध्यक्ष विकाउ ठाकुरले जानकारी दिए।

सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’मा प्रसारित अडियो उपलब्ध गराउने व्यक्ति ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ।

श्रमिकको हकमा कतारको बीमानीति ठीक छैन : कतारका लागि नेपाली राजदूत

‘म राजदूत भएर गएको दुई वर्षमा नेपाली श्रमिकको अकाल मृत्यु वा क्षतिपूर्ति, बीमा, पोस्टमार्टम आदि बारेमा सरोकार राखेर श्रम मन्त्रालय या विभाग कसैले पनि कुनै किसिमको निर्देशन दिएको थाहा छैन।’

राष्ट्रपतिबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गतेबाट शुरू हुने गरी संसद् अधिवेशन आह्वान गरेका छन्।

अप्रिलमा १ लाख ११ हजार पर्यटकले गरे नेपालको भ्रमण

नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

पोखरा महानगरका इन्जिनियर बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले घर निर्माण सम्पन्न भएको प्रमाणपत्रका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ को विन्दुमा सीमित भएको छ।

बिहीबार ५३ जिल्लाका ४३६ स्थानमा डढेलो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिरहेको छ।

एक खेलअगावै वेस्टइन्डिज ‘ए’ले जित्यो नेपालसँगको श्रृंखला

वेस्टइन्डिज ‘ए’ले एक खेलअगावै नेपालसँगको पाँच खेलको टी२० श्रृंखलाको उपाधि जितेको छ।

गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

अख्तियारले गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सोलुखुम्बुमा वनको डढेलो गाउँमा सल्किँदा १० घर जले

थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको वेगका कारण घरमा सल्किँदा बस्ती नै सखाप भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

बालिकाको हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। 

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित शहर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको छ। 

द्वन्द्वपीडित महिलाका मुद्दामा संवेदनशील हुन र सुरक्षा सुनिश्चित गर्न जोड

विभेदकारी सामाजिक रीतिरिवाज कायमै रहेकाले द्वन्द्वपीडित महिलाका मुद्दा तथा द्वन्द्वसम्बन्धी यौन हिंसासँग गाँसिएका विषय सम्बोधन गर्दा सुरक्षा सुनिश्चित गर्न सरोकारवालाले जोड दिएका छन्।

कोरोना महामारीबारे सर्वप्रथम जानकारी दिने चिनियाँ डाक्टर किन बसे धर्नामा?

ती डाक्टरले कोरोना महामारीबारे आफ्नो अनुसन्धान सार्वजनिक गर्न सरकारको स्वीकृति लिएका थिएनन्। त्यसयता उनलाई पदबाट हटाउने तथा काम गर्दा दुर्व्यवहार गर्ने कार्य भइरहेको थियो।

धादिङको थाक्रेमा आगलागी: वृद्ध दम्पतीको मृत्यु

राति करिब ११ः३० बजेतिर घरमा आगो लाग्दा सुतिरहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।