AnonymousUser

Logout

सडकको अवस्था हेरेर मात्रै दशैँको अग्रिम ‘बुकिङ’ खुलाइने

यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पूर्ण रूपमा सञ्चालनमा नआएकाले उपत्यका बाहिरबाट गाडी आउन समय लाग्ने हुँदा अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको जनाएको छ।

यस वर्षको दशैँको टीकाको उत्तम साइत ११:५३ मा

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।

तातोपानी र रसुवागढी नाका नखुलेपछि कोरलाबाट चीनसँगको व्यापार शुरू

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ (रसुवागढी) नाका सञ्चालनमा आउन नसकेपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ।

मन्त्रीको कार्यकक्ष विद्युत् प्राधिकरणलाई हस्तान्तरण

नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष आवश्यकता नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न दिइएको हो।

जेनजी आन्दोलनका मृतकको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि (तस्वीरहरू)

‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

निर्वाचनका लागि प्रारम्भिक तयारीमा आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा शुरू भएको बताए।

प्रहरी कार्यालय पुनर्निर्माणमा जुट्दै स्थानीय

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनर्निर्माणमा स्थानीय बासिन्दा जुट्न थालेका छन्।

दशैँसम्म मितेरी पुल निर्माण हुने

नेपाल र चीनलाई जोड्ने बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढंगबाट काम गरिरहेकाले यही दशैँअघि नै पुल तयार हुने भएको छ।

‘जेनजी’ आन्दोलनका मृतकको सामूहिक शवयात्रा

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ।

तोलामा १ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।

‘भोजपुरे खुकुरी’को माग उच्च, बनाउन कालिगडको चरम अभाव

विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ।

१ खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ।

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइने भएको छ।

असोज १ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद्ले 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

‘जेनजी’ आन्दोलनमा हतियार लुट्ने २ जना पक्राउ

प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

रुपन्देही–३ को उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि तय प्रतिनिधिसभाको उपनिर्वाचन स्थगित गरेको छ।

दशैँअघि नै क्षतिग्रस्त संरचना रङरोगन गरिने

शहरी विकासमन्त्री कुलमान घिसिङले 'जेनजी' आन्दोलनका क्रममा आगजनी भएका सरकारी संरचनाहरूको दशैँअघि नै रङरोगन गर्ने तयारी गरिने बताएका छन्।

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्नँ: डा रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्ला मात्र भएको बताएका छन्।

विराटनगरस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला

‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला परेको छ।