निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि तय प्रतिनिधिसभाको उपनिर्वाचन स्थगित गरेको छ।
शहरी विकासमन्त्री कुलमान घिसिङले 'जेनजी' आन्दोलनका क्रममा आगजनी भएका सरकारी संरचनाहरूको दशैँअघि नै रङरोगन गर्ने तयारी गरिने बताएका छन्।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्ला मात्र भएको बताएका छन्।
‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला परेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालनमा ल्याएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले ४६ वटा शव परीक्षणका लागि ल्याइएकोमा २८ वटाको परीक्षण सकिएको जनाएको छ।
पदभार ग्रहण गरेलगत्तै ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम उठाउन निर्देशन दिने निर्णय गरेका छन्।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तत्काल पूरक बजेट नल्याई तयारी नभएका र साना आयोजनाबाट खर्च कटौती गरेरै निर्वाचनका लागि स्रोत जुटाउने बताएका छन्।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराएका हुन्।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन पनि आग्रह गरेका छन्।
प्रिमियर लिगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ।
अविरल वर्षाका कारण आएको पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा जितका लागि १२८ रनको लक्ष्य राखेको थियो।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दुई दशकदेखि च्यांग्रा व्यापार गरिरहेका भीमप्रसाद घर्तीले यस वर्षको आन्दोलनका कारण च्यांग्रा बिक्री नहुने हो कि भन्ने चिन्ता व्यक्त गरे।
सीआईबीले आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सामानहरू खरिद, बिक्री वा सञ्चय गरेको पाइएमा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्।
विभिन्न जेलबाट भागेका चार जना विदेशीसहित १४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ।
शहरी विकास मन्त्रालयका सचिव सचिव गोपालप्रसाद सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन्।